08th November 2019

चलचित्र प्रेम गीत ३ को दक्षिणकाली मन्दिरमा पूजाआजा गर्दै छायांकन सुरु ।

कार्तिक,२२,२०७६ ।चलचित्र प्रेम गीत ३ को आज बिहीवार कार्तिक २२ गते का दिन दक्षिणकाली मन्दिरमा पूजाआजा गर्दै काठमाडौंबाट उक्त चलचित्रको छायांकन सुरु गरिएको छ । ४५ प्रतिशत छायांकन काठमाडौं र बाँकी ५५ प्रतिशत मनाङमा हुने बताइएको उक्त चलचित्रको छायांकनका लागि निर्माण टिमले कीर्तिपुरमा एक भव्य सेटको समेत निर्माण गरेको छ ।साथै प्रेम गीत र प्रेम गीत २ को सफलता पछी निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको उक्त चलचित्रको केहि दिन अघी मात्र मोसन टिजर सार्वजनिक गरिसकेको छ । निर्माण घोषणाको दिन देखी नै चर्चा बटुल्न सफल स्टार नायक प्रदीप खडका अभिनित उक्त चलचित्रका लागी निर्माता सेनले भने, ‘नेपालमा हुने भिएफएक्समा विश्वास नलागेर आफु हरुले मनाङको स्ट्रक्चरलाई काठमाडौंमा सेट निर्माण गरेको र केही प्रतिशत मात्र भिएफएक्स हुने बताएका छन । साथै चलचित्रको छायाकन को लागी मुस्ताङबाट मगाइएको घोडामा हुने पनि बताएका छ ।  चलचित्रमा नायक प्रदीप लाई तेस्रो पटक ‘प्रेम’ को भूमिका देख्न पाइने छ ।साथै २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको चलचित्र प्रेम गीत ३ मा ‘गीत’ को भूमिकामा भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ लाई देख्नपाइने छन ।निर्देशक छेतेन गुरुङ र निर्माता सन्तोष सेनको सयुक्त निर्देशनमा बन्न लागेको उक्तचलचित्रमा प्रदीप खडका र क्रिस्टिना गुरुङ्को साथमा  शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रमा अभिनेता शिव लाई राजाको भूमिका देख्न पाइने छ । आसुशेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत,राजेश श्रेष्ठको डिओपी,हिमाल केसीको द्रन्द,कविराजको कोरियोग्राफी,बनिश शाहभुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।चलचित्रको कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र डम्बर विक्रम सेन  रहेका छन भने कुमार सेन र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेका छन् । चलचित्र प्रेम गीत ३ चैत २८ गते बाट प्रदशन मा आउने बताइएको छ ।