07th November 2019

चलचित्र प्रेम गीत ३ को मोसन टिजर सार्वजनिक ।

कार्तिक,२१,२०७६ ।चलचित्र प्रेम गीत र प्रेम गीत २ को सफलता पछी निर्माता सन्तोष सेन को निर्माण मा निर्मित चलचित्र प्रेम गीत ३ को मोसन टिजर सार्वजनिक भएको छ । निर्माण कार्य देखी नै चर्चा बटुल्न सफल स्टार नायक प्रदीप खडका अभिनित उक्त चलचित्र यस वर्ष नेपाली चलचित्रको बजार र नेपाली दर्शक हरु माझ बहुप्रतिक्षीत बन्न सफल भैरहेको छ ।कात्तिक २२ गतेबाट फ्लोरमा जान लागेको चलचित्रको निर्माण टिमले सार्वजनिक गरेको उक्त टिजर पोस्टरमा चकलेटी ब्वाई प्रदीप खड्का फिचर्ड छन् । टिजर पोस्टरमा नायक प्रदीप लाई एक योद्धाको अवतारमा देख्न सकिन्छ । फ्लोरमा जानु अगावै आउँदो चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको उक्त चलचित्रमा नायक प्रदीप लाई तेस्रो पटक ‘प्रेम’ को भूमिका देख्न पाइने छ ।साथै २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको चलचित्र प्रेम गीत ३ मा ‘गीत’ को भूमिकामा भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ लाई देख्न पाइने छन ।निर्देशक छेतेन गुरुङ र निर्माता सन्तोष सेनको सयुक्त निर्देशनमा बन्न लागेको उक्त चलचित्रमा प्रदीप खडका र क्रिस्टिना गुरुङ्को साथमा  शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रमा अभिनेता शिव लाई राजाको भूमिका देख्न पाइने छ । आसुशेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत,राजेश श्रेष्ठको डिओपी,हिमाल केसीको द्रन्द,कविराजको कोरियोग्राफी,बनिश शाहभुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।चलचित्रको कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र डम्बर विक्रम सेन  रहेका छन भने कुमार सेन र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेका छन् ।