06th November 2019

चलचित्र म यस्तो गीत गाउछु २ को प्रदशनी मिती फाल्गुन २३  ।

कार्तिक,२०,२०७६ ।निर्माण घोषणा देखी नै चर्चा बटुल्न सफल चलचित्र म यस्तो गीत गाउछ २ को प्रदशन मिती सार्वजनिक गरिएको छ ।चलचित्र म यस्तो गीत गाउछु को सफलता पछी निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भएको चलचित्र म यस्तो गीत गाउछु २ को प्रदशनी मिती तय गरिएको हो  ।नायिका पुजा शर्मा र नायक पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउछु २ को प्रदशनी मिती फाल्गुन २३ गते लाई तय गरिएको छ ।चलचित्र‘म यस्तो गीत गाउँछु’का हिट जोडी पुजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको उक्त चलचित्रको छायांकन लगभग सकिसकेको पनि बताइएको छ ।चलचित्र लाई काठमाडौं भित्र रिच इन्टरटेनमेन्ट र जी जी ए गुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफ्डी कम्पनीले वितरण गर्नेछ ।