06th November 2019

नायक आकाश श्रेष्ठले प्रशंसक हरुको साथमा आफ्नो जन्मदिन मनाए ।

कार्तिक,२०,२०७६ ।नेपाली चलचित्रको बजारमा चलचित्र ‘म त तिम्रै हुँ बाट नेपाली रजतपटमा प्रबेश गरेका र हाल प्रदशनरत चलचित्र पोइ पर्‍यो कालेका नायक आकाश श्रेष्ठले प्रशंसक हरुको साथमा आफ्नो जन्मदिन मनाएका छन ।चलचित्र ‘म त तिम्रै हुँ’बाट चलचित्र क्षेत्रमा प्रवेश गरि त्यस पछी चलचित्र‘तिमी सँग, रामकहानी, पोई पर्यो काले, ब्ल्याक’मा अभिनय गरि लाखौ लाख नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्न सफल भएका छन ।नायक आकाश श्रेष्ठको जन्मदिनको अवसरमा फ्यानहरुले आयोजना गरेको विशेष कार्यक्रममा पुगेर उनले आफ्नो जन्मदिन मनाएका हुन् ।छायाकन सम्पन्न भै प्रदशन को तयारीमा रहेको चलचित्र सम्हालिन्छ कहिले मन र छायाकन को क्रममा रहेको चलचित्र समझना बिर्सनामा समेत अभिनय गर्न लागेका नायक आकाश श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा फ्यानले दिएको यो मायाले आफूलाई निकै नै खुशी लागेको बताएका छन । साथै उनले उक्त अवसरमा फ्यान हरुको यस किसिम को माया नै सवथोक भएको सुनाए छन ।नायक आकाशको जन्मदिनमा ‘आकाश–पूजा फ्यान क्लब’ले आइफोन गिफ्ट समेत दिएका थिए ।