05th November 2019

अभिनेता पुरण जोशीको अध्यक्षतमा नेपाल संबत ११४० को अवसरमा सामुहिक म्ह:पुजा कार्यक्रम सम्पन्न ।

कार्तिक,१९,२०७६ ।नेपाल संबत ११४० को पावन अवसरमा चलचित्र के घर के डेरा,पच्चिस,बसन्त,अरुणिमा,माया,सोर्ह बर्षे जोवन,घर आँगन,बाडुली र नेपाल र पाकिस्तानको सयुक्त निर्माणमा निर्मित पाकिस्तानी चलचित्र इन्तकाम हम लेगें लगाएतका चलचित्र हरुको साथ साथै ।अधिकार, सन्देश,कोख लगाएत दर्जनौ टेलिचलचित्र हरुमा अभिनय गरेर लाखौ लाख नेपाली दर्शक हरुको मन जित्न सफल पुराना अभिनेता पुरण जोशीको अध्यक्षतामा नेवा गुठि ग्रीनहिल सिटीको आयोजनामा नेपाल संबत ११४० को अवसरमा शुभकामना तथा सामुहिक म्ह:पुजाको आयोजना सम्पन्न भएको छ । नेपाल संबत शुरु भए देखी नै नेवार समुदायमा गरिदै आएको म्ह:पुजा लाई सामुहिक रुपमा यसरी गर्न पाउदा आफु लाई खुशी लागेको नेवा गुठि ग्रीनहिल सिटीका अध्यक्ष अभिनेता पुरण जोशीले बताएका छन ।नेपाल संबत र म्ह:पुजा एकै दिन मनाउदै आएका नेवार समुदाय हरुले गर्दै आएको म्ह:पुजा {नेवार समुदाय हरुले गर्दै आएको म्ह:पुजा आफ्नै शरिर लाई गरिने पुजा} बाट निरोगी र स्वस्थ रहन को लागी गरिने पनि गुठिका अध्यक्ष अभिनेता पुरण जोशीले प्रष्टाएका छन ।साथै अभिनेता जोशीले बिहाँन नेपाल संबत को नयाँ बर्षा मनाउने र साँझ म्ह:पुजा गरिने चलन रहेको पनि बताएका छन । साथै नेपाल संबत ११४० को नयाँ बर्षको उपलक्षमा चियापानको समेत आयोजन गरिएको उक्त कार्यक्रम मा । मुलपानी आवास सहकारीका अध्यक्ष,ग्रीनहिल सिटीका बर्तमान बरिष्ठ उपाध्यछ्य तथा पुर्ब अध्यक्ष हरुले शुभकामना ब्यक्त गरेका थिए। उक्त कार्यक्रममा नेवा गुठी का अध्यक्ष  पुरण जोशी द्वारा गुठि बारे र यस्को उदेस्य बारे प्रकाश पार्नु का साथै आभार ब्यक्त गर्नु भएको थियो ।