05th November 2019

चलचित्र सेण्टी भाइरसको प्रदशन मिती सार्वजनिक ।

कार्तिक,१९,२०७६ ।नेपाली चलचित्रको घरेलु बजारमा चर्चामा चलचित्र सेण्टी भाइरस को प्रदशन मिती तय गरिएको छ ।एक गीत बाहेक चलचित्रको अन्य छायाकन सम्पन्न भैहाल सम्पादन कार्यक्रमा रहेको उक्त चलचित्रको निर्माण टिमले चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदशनी मिती सार्वजनिक गरेको हो ।कलाकार तथा समाज सेवी सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को सार्वजनिक गरिएको फस्ट लुक पोस्टरमा उक्त चलचित्र आगामी फागुन ९ गते बाट प्रर्दशनीमा आउने जनाइएको छ ।साथै सार्वजनिक पोस्टरमा हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) लाई मात्र प्रस्तुत गरिएएको छ । कलाकार सिताराम कट्टेल (धुर्मुस) लाई सार्वजनिक पोष्टरमा  भादगाउँले टोपीमा देख्न सकिन्छ ।चलचित्र कबड्डी सिरिज का निर्देशक राम बाबु गुरुङ्को निर्देशन मा निर्मित उक्त चलचित्र सामाजिक कथावस्तुमा आधारित रहेर निर्माण गरिएको छ ।चलचित्रमा सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे (सुन्तली)को साथमा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दिपक आचार्य लगायत कलाकार हरुको पनि अभिनय रहेको छ ।धुर्मुस र सुन्तलीको होम प्रोडक्सन सुबिहानी फिल्म्स् प्रा लिको प्रस्तुति रहेकोचलचित्र सेण्टी भाइरस लाई डिन्डु लामाले निर्माण गरेका हुन् । चलचित्रमा शैलेन्द्र डि,कार्कीको छाँयाकन्, निमेश श्रेष्ठको सम्पादन,कुमार कट्टेल (जिग्री) र दीपक आचार्य (पाँडे) को कथा रहेको छ।