04th November 2019

चलचित्र पोइ पर्‍यो कालेको नयाँ गीत मायाले रुवायो मलाई सार्वजनिक ।

कार्तिक,१८,२०७६ ।नायिका पुजा शर्मा सृष्टी श्रेष्ठ र अभिनेता सौगात मल्ल र आकाश श्रेष्ठ अभिनित हाल प्रदशनरत चलचित्र पोइ पर्‍यो कालेको नयाँ गीत सार्वजनिक गरिएको छ ।कार्तिक ८ गते बाट नेपाली चलचित्रको घरेलु बजारमा प्रदशनमा आइ सकारात्मक प्रतिकृयाको साथमा नेपाली दर्शक हरुको मन जित्दै सफल ब्यापार ब्यवसाय गरेको चलचित्र पोइ पर्‍यो काले को निर्माण टिम ले सार्वजनिक गरेको स्याड भर्सन को गीत मायाले रुवायो मलाई मा गायक प्रेम परियार को स्वर रहेको छ ।गीतमा रघु परियार को शब्द र पुरुषोतम न्यौपाने को संगीत रहेको छ ।पहिलो पटक नायिका पुजा र अभिनेता सौगातले स्क्रीन सेयर गरेको उक्त चलचित्र यती बेला दोस्रो हप्तामा प्रदशन भैरहेको छ ।निर्देशक शिशिर राणाको लेखन र निर्देशन रहेको चलचित्रको प्रस्तुतकर्तामा  किरण नेपाली र निर्मातामा राजिव गुरुङ र सरोज नेपाली र कार्यकारी निर्मातामा अमलादेवी राई रहेका छन ।