02nd November 2019

नेपाल प्रदशन अगावै अमेरिकामा प्रिमियर हुदै चलचित्र मिष्टर नेपाली ।

कार्तिक,१७,२०७६ ।अभिनेता भुवन के सी लाई दोहोरो भूमिकामा देख्न पाइने नेपाली कथानक चलचित्र मिष्टर नेपाली नेपाल प्रदशन अगावै अमेरिकामा प्रिमियर हुने भएको छ ।नेपाली चलचित्रको घरेलु बजारमा यही आउदो कात्तिक २९ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको अमेरिकामा प्रिमियर नोभेम्बर १० र १२ मा  हुन लागेको चलचित्रका निर्माता प्रेमराज दाहालले समाचार स्रोत लाई जानकारी दिएका छन ।साथै चलचित्र मिष्टर नेपाली को  हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा प्रिमियर हुन लागेको पनि बताइएको छ । यसको साथ साथै यही मितिमा अमेरिकाको वाल्टर्न बीएलभीडीमा पनि उक्त चलचित्रको प्रिमियर हुने बताइएको छ भने यस्तै, अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा प्रिमियर हुनेछ ।निर्माता दाहालले समाचार स्रोत लाई जानकारी दिए अनुसार निर्देशन देव भुषाल निर्देशित उक्त चलचित्रको १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा पनि प्रिमियर गरिने कार्यक्रम रहेको बताइएको छ  ।चलचित्र अभिनेता भुवनका साथमा नायिका रीमा विश्वकर्मा,कलाकार  बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, लक्ष्मी तिमल्सिनालगायतका कलाकार हरुको पनि अभिनय रहेको छ । निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्र मिष्टर नेपाली विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा आधारित रहेर निर्माण गरिएको  छ । साथै चलचित्रका निर्देशक भुषालले चलचित्रले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई पनि उठान गरेको बताएका छन ।