01st November 2019

चलचित्र  पोइ पर्‍यो काले प्रदशनको दोस्रो हप्तामा प्रबेश ।

कार्तिक,१५,२०७६ । नायिका पुजा शर्मा सृष्टी श्रेष्ठ र नायक सौगात मल्ल र आकाश श्रेष्ठ को मुख्य भूमिका रहेको कार्तिक ८ गते बाट प्रदशन मा आएको नेपाली कथानक चलचित्र  पोइ पर्‍यो काले प्रदशनको दोस्रो हप्तामा प्रबेश गरेको छ ।निर्देशक शिशिर राणाको निर्देशनमा निर्मित उक्त चलचित्रले नेपाली चलचित्रको घरेलु बजार मा नेपाली दर्शक हरुको मन जित्दै सफल ब्यापार ब्यवसाय को साथ प्रदशन को दोस्रो हप्तामा प्रबेश गरेको हो ।निर्माण कार्य देखी नै नेपाली चलचित्रको बजारमा चर्चामा रहन सफल उक्त चलचित्रले प्रदशनको दिन देखी नै सकारात्मक प्रतिकृयाको साथमा नेपाली दर्शक हरुको मन जित्न सफल भैरहेको छ ।कालो वर्णको एक पुरुषको जीवनमा आउने उचार-चढावमा केन्द्रित रहेर निर्माण गरिएको उक्त चलचित्रको मूल कथा अभिनेता सौगात मल्लको वरिपरि घुमेको छ ।साथै नायिका पुजा र अभिनेता सौगातले पहिलो पटक चलचित्र पोइ पर्‍यो कालेमा स्क्रीन सेयार गरेका छन । नेपाली हरुको दोस्रो महान चाड तिहारको छेको पारेर प्रदशनमा आएको उक्त चलचित्रले सुरुवाती दिनमा सिंगल हलमा र त्यस पछी तिहारको बिदामा मल्टिप्लेक्स हलमा पनि दर्शक बढाउदै सुखद ब्यपार गरि रहेको छ ।राजधनी र मोफशल का सिंगल र मल्टिप्लेक्स हल हरुमा चलचित्र पोइ पर्‍यो काले हेर्न आउने दर्शक हरुको उल्लेख्य उपस्थित रहेको अवस्थामा चलचित्रका नायक नायिका पनि चलचित्र प्रदशन भैरहेओ हल हल मा पुगी दर्शक हरु लाई प्रत्यक्ष भेटेर चलचित्रको बारेमा प्रतिकृया लिइरहेका पनि छन ।दर्शकहरुको मन जित्दै सुखद ब्यापार गरिरहेको चलचित्र पोइ पर्योो काले की नायिका पूजा शर्मा राजधानी स्थित गोपीकृष्ण, अष्टनारायण लगायतका हल पुगेर दर्शक सँग प्रत्यक्ष भेट गरी चलचित्रको प्रतिकृया लिएकी छिन भने  । त्यसै गरी नायक आकाश श्रेष्ठ चितवनका हलमा पुगेर दर्शक सँग चलचित्रको बारे प्रतिकृया लिइएका छन्। चलचित्र पोइ पर्यो् काले हेर्ने अधिकाश दर्शक हरुले चलचित्र उत्कृष्टा बनेको प्रतिकृया दिइरहेका छन ।  शिशिर राणाको लेखन र निर्देशन रहेको चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली र निर्मातामा राजिव गुरुङ र सरोज नेपाली र कार्यकारी निर्मातामा अमलादेवी राई रहेका छन ।