02nd May 2019

को बन्छ करोडपतिमा जात्रै जात्राका अभिनेता दयाहाङ र विपिन कार्की ।

बैशाख,२०,२०७६ ।जेठ ३ गते बाट प्रदशनमा आउन लागेको चलचित्र‘जात्रै जात्रा’यती बेला नेपाली चलचित्रको घरेलु बजारमा चर्चाको बिषय बनी रहेको छ ।चलचित्र जात्रा र शत्रु गतेका निर्देशक प्रदीप भट्टराइको निर्देशनमा निर्मित चलचित्रमा समाबेश गीत माया पिरिम हो र जिवन जात्रा सार्वजनिक भए सँगै उक्त चलचित्रले हाइप लिन सफल भएको छ ।विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका रहेको उक्त चलचित्रको प्रदशन मिती नजिकिए सँगै यती बेला चलचित्रका निर्माण टिम प्रचार प्रसारमा ब्यस्त रहदै आएका छन ।सोही शिलशिलामा चलचित्रका प्रमुखा पात्र अभिनेता द्वय दयाहाङ राई र विपिन कार्की माहानायक राहजेश हमालले सञ्चालन गर्दै आएको को बन्छ करोडपति को शो मा पुगेका छन ।अभिनेता द्रयले महानायक राजेश हमालले सोधेको प्रश्नको हट सिटमा बसेर उत्तर दिएका छन् ।साथै अभिनेता द्रायले को बन्छ करोडपतिबाट जती रकम जितेका छन त्यसमा चलचित्र जात्रै जात्राको  टिमबाट थप गरेर सिन्धुपाल्चोकको माझी बस्ती निर्माण गरिरहेकी नायिका स्वेता खड्काको स्वेता श्री फाउन्डेशनलाई हस्तान्तरण गर्ने पनि बताइएको छ ।