01st November 2019

आज बाट नेपाली चलचित्र बादशाह जुट प्रदशनमा ।

कार्तिक,१५,२०७६ ।आज शुक्रबार कार्तिक १५ गते बाट नेपाली चलचित्रको घरेलु बजारमा अभिनेता शुशिल श्रेष्ठ अभिनित चलचित्र बादशाह जुट प्रदशनमा आएको छ ।प्रत्येक हप्ताको शुक्रबार एक साथ दुई भन्दा बढी चलचित्रहरु प्रदर्शनमा आइ रहेको समयमा अभिनेता द्वय सुशील श्रेष्ठ, आमिर गौतम र अभिनेत्री द्राय रोषी खड्का र केइषा राउत अभिनित चलचित्र‘बादशाह जुट’ले दुर्लभ एकल्प्रदशन शुरु गरेको हो ।जोनी सिंह राणा निर्देशित चलचित्र बादशाह जुटको निर्माण टिमले चलचित्रको प्रचार प्रसारको क्रममा सर्वजनिक गरेको गीत संगीत र ट्रेलरले गर्दा पनि उक्त चलचित्र नेपाली दर्शक हरु माझ प्रतिक्षित बन्न सफल भएको छ । निर्माता हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठओ लगानीमा निर्माण भएको उक्त चलचित्र लाई उत्कृष्ट बनाउन कुनै कञ्जुसाइ नगरेको पनि चलचित्रका निर्देशक जोनी सिंहले बताएका छन ।उनको चलचित्र बादशाह जुट डेब्यु चलचित्र हो ।साथै चलचित्रमा देशमा केहि गर्न खोज्ने प्रहरी र पत्रकार युवाको कथा प्रस्तुत गरिएको बताएका छन । त्यसै गरी चलचित्रको प्रचार प्रसारको क्रममा नायक सुशिलले पनि चलचित्र 'बादशाह जुट'को लागि आफुले कडा मेहनत गरेको बताउदै आएका छन भने मुम्बईमा बस्दै आएकी डेब्यु नायिका केइशाले पनि चलचित्र 'बादशाह जुट'को स्क्रिप्टले आफु लाई नेपाल सम्म तान्न सफल भएको बताउदै आएकी छिन ।एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा रोविन तामाङ, रोशी खड्का, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकार हरुको पनि अभिनय रहेको छ । भने, नायिका प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न पाइने छ । अभिषेक शशी कुमारको लेखन रहेको चलचित्रमा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत रहेको छ ।