31st October 2019

दर्शकको मन जित्दै चलचित्र पोइ पर्‍यो काले ले ।

कार्तिक,१४,२०७६ ।गत हप्ताको शुक्रबार कार्तिक ८ गते बाट प्रदशनमा आएको निर्देशक शिशिर राणा निर्देशित र नायिका पुजा शर्मा, सृष्टी श्रेष्ठ,अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ अभिनित चलचित्र पोइ पर्यो कालेले । नेपाली चलचित्रको घरेलु बजारमा नेपाली दर्शक हरुको मन जित्दै सफल ब्यापार ब्यवसाय गरिरहेको बताइएको छ ।नेपाली हरुको दोस्रो महान चाड तिहारको छेको पारेर प्रदशनमा आएको शिशिर राणा निर्देशित चलचित्र ‘पोई पर्यो काले’ले सुरुवाती दिनमा सिंगल हलमा सुखद ब्यापार गरेको र त्यस पछी तिहारको बिदामा चलचित्रले मल्टिप्लेक्समा पनि दर्शक बढाउदै सुखद ब्यपार गरेको बताइएको छ ।समाचार स्रोतका अनुसार चलचित्र पोइ पर्यो काले हेर्न आउने दर्शक हरुको उपस्थित मंगलबार भाइटिकाको दिनमा पनि सिंगल र मल्टिप्लेक्स हलमा दर्शक भरिभराउ रहेको बताइएको छ ।साथै प्रदशनको दिन देखी नै दर्शक हरुको मन जित्दै सुखद ब्यापार गरिरहेको चलचित्र पोइ पर्योे काले की नायिका पूजा शर्मा मंगलबार राजधानी स्थित गोपीकृष्ण, अष्टनारायण लगायतका हल पुगेर दर्शक सँग प्रत्यक्ष भेट गरी चलचित्रको प्रतिकृया लिएकी छिन भने  । नायक आकाश श्रेष्ठ चितवनका हलमा पुगेर दर्शक सँग चलचित्रको बारे प्रतिकृया लिएका थिए । सिनेमा हल हरुमा चलचित्र पोइ पर्योप काले हेर्न आउने दर्शकको उच्च चाप देखेर नायिका पूजाले खुशी ब्यक्त गरेको पनि बताइएको छ ।