24th October 2019

चलचित्र बादशाज जुटको कार्टुन पोस्टर सार्वजनिक ।

कार्तिक्,८,२०७६ ।कार्तिक १५ गते बाट प्रदशनमा आउन लागेको अभिनेता सुशिल श्रेष्ठ आमिर गौतम्,अभिनेत्री केइसा रावत, रोषी खड्का अभिनित चलचित्र बादशाज जुटको निर्माण टिमले चलचित्रको कार्टुन पोष्टर सार्वजनिक गरेको छ । आफूलाई बादशाह सम्झने दुई युवकको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्रको उक्त सार्वजनिक गरिएको कार्टुन पोष्टर ।सम्भवतः नेपाली चलचित्रको इतिहासमा पहिलो पटक रहेको बताइएको छ।चलचित्रमा नायक सुशील लाई पत्रकार र आमिर लाई प्रहरी हवल्दारको भूमिका देख्न पाइने छ । निर्देशक जोनी सिंह राणाको निर्देशनमा निर्मित उक्त चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दै निर्माण टिमले चलचित्रको प्रचार-प्रसारमा कुनै कमी  राखेको छैन । दशैंंअघि नै मोफसल दौडाहा गरेको निर्माण टिमले बिहीबार कार्टुन पोस्टर सार्वजनिक गरेको हो । जुन पोष्टर मा नायक सुशील र आमिरलाई देख्न पाइने छ । एक्सन र कमेडी जनरामा निर्माण भएको चलचित्र बादशाह जुटमा शुशिल ,आमिर को साथमा  केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय रहेको छ । साथै प्रियंका कार्की लाई अतिथी भूमिकामा देख्न पाइने छ ।राजु कार्कीको छायाकन रहेको चलचित्रमा अभिषेक शशि कुमारको पटकथा,राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काले सम्पादन र कृष्ण भारद्वाज, कोशिश क्षेत्री, मोहित मुनालको संगीत रहेको छ ।एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको उक्त चलचित्रको निर्मातामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की) रहेका छन ।