24th October 2019

चलचित्र घामड शेरे कार्तिक ८ बाट कार्तिक २२ मा सर्यो ।

कार्तिक,७,२०७६ ।आउदो शुक्रबार कार्तिक ८ गते बाट प्रदशनमा आउने भनी प्रचार प्रसारमा आएको नेपाली कथानक चलचित्र घामड शेरे को प्रदशनी मिती सरेको छ ।अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र‘घामड शेरे’ को प्रदशनी मिती सरेको जानकारी चलचित्रका वितरक प्रचण्डमान श्रेष्ठले दिएका हुन । उक्त चलचित्रको प्रदशनी मिती सारिनु मा चलचित्रले मल्टीप्लेक्स हल हरुमा अपेक्षाभन्दा कम सोज पाएको कारण निर्माण टिमले शुक्रबार बाट प्रदशन मा आउने उक्त चलचित्रको प्रदशनी मिती लाई केहि पर सारेको पनि बताइएको छ ।हाल पोखरामा रहेका वितरक श्रेष्ठले समाचार स्रोत लाई चलचित्र घामड शेरे ले ‘मल्टीप्लेक्समा जति सोज पाउँछ भन्ने आफु हरुको अपेक्षा रहेको थियो तर चलचित्रले त्यो भन्दा अत्यन्त कम सोज पाएको कारण आफुहरुले शुक्रबार चलचित्र प्रदर्शन नगर्ने निर्णयमा पुगेको बताएका छन ।कार्तिक ८ गते बाट प्रदशन मा आउने भनी प्रचार प्रसार गरिएको उक्त चलचित्र अब कात्तिक २२ गते बाट प्रदर्शन मा आउने भएको छ ।साथै समाचार स्रोतका अनुसार चलचित्र घामड शेरेले मल्टीप्लेक्समा कम सोज पाउनुको कारण बलिउड चलचित्र ‘हाउसफुल ४’ रहेको बताइएको छ । बलिवूड चलचित्र ‘हाउसफुल ४’ लाई अधिकांश मल्टीप्लेक्स हलहरुले उच्च सोज प्रदान गरे पछी सोही मिती बाट प्रदशन मा आउन लागेको नायिका पुजा शर्मा,सृष्टी श्रेष्ठ,अभिनेता सौगात मल्ल,आकाश श्रेष्ठ अभिनित चलचित्र‘पोइ पर्‍यो काले’ले पनि मल्टीप्लेक्सहरुमा पर्याप्त सोज पाउन नसकेको बताइएको छ ।साथै प्रदशन मा आउन तयारी अवस्थामा रहेको चलचित्र घामड शेरे को प्रदशन मिती सार्नु परे पछी चलचित्रका अभिनेता निश्चल बस्नेतलेसामाजिक सञ्जाल फेसबुक मा लेखेका छन कृपया मेरो अगाडि चै नेपाली फिल्मको प्रगतीकोलागी हामी काम गरिरहेछौं भन्ने शब्द चै अहिलेका डिस्ट्रिब्युटर , हलवाला साहुहरुले र मसंग राम्रो चिनजान भएका केही चलचित्रकर्मीहरुले मसंग नगर्नु होला ।भन्दै आक्रोश पोखेका छन ।साथै कार्तिक ८ गते बाट चलचित्र घमड शेरे प्रदशन मा न आउने भए पछी अब उक्त मिती मा नेपाली कथानक चलचित्र ‘पोई पर्यो काले’ सोलो रिलिज हुने भएको छ ।जुन चलचित्र लाई शिशिर राणाले निर्देशन गरेका छन ।