23rd October 2019

एनआरएन को नव निर्वाचित पदाधिकारीहरु लाई श्वेताश्री फाउन्डेसनको बधाई तथा सम्मान ज्ञापन ।

कार्तिक,६,२०७६ ।केही दिन अगाडी निर्वाचित एनआरएन संगठनमा विजयी पदाधिकारीहरु लाई श्वेताश्री फाउन्डेसनले बधाई तथा सम्मान ज्ञापन गरेको छ । कुमार पन्तको अध्यक्षतामा नव निर्वाचित पदाधिकारीलाई श्वेताश्री फाउन्डेसनले आयोजन गरेको बधाई तथा सम्मान कार्यक्रममा एनआरएन संगठनमा विजयी पदाधिकारीहरुको उपस्थिती थियो ।श्वेताश्री फाउन्डेसनको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी संस्कृती तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई रहेका थिए । श्वेताश्री फाउन्डेसनकी अध्यक्ष नायिका श्वेता खड्काले नव–निर्वाचित एनआरएनका पदाधिकारीलाई शुभकामना सहित बधाई दिन पाउँदा एकदमै गर्वान्धित भएको बताएकी छिन ।साथै नायिका खडकाले आफु विभिन्न देशमा जादा उहाँहरुले आफु लाई गरेको स्वागतको उच्च कदर गर्न चाहेको पनि बताएकी छिन ।एनआरएन निर्वाचन हुँदा विजयी टोलीलाई बधाई दिन समेत पुगेकी नायिका खडकाले अहिले यहाँहरु बधाई दिन पाउदा आफुलाई भाग्यमानी ठानेकी पनि बताएकी छिन ।प्रमुख अतिथी संस्कृती तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले पनि सरकारी तवरबाट कुनै पनि सहयोग चाहिए आफू सहयोग गर्न तयार भएको बताएका छ ।नव निर्वाचित एनआरएन संगठनमा विजयी पदाधिकारीहरु लाई श्वेताश्री फाउन्डेसनले बधाई तथा सम्मान ज्ञापन गरेको उक्त कार्यक्रममा श्वेताश्री फाउन्डेसनले सिन्धुपाल्चोक मा निर्माण गरिरहेको नमुना माझी बस्तीको बारेमा तयार पारिएको भिडियो लाई पनि प्रस्तुत गरिएको थियो ।