22nd October 2019

चलचित्र पोइ पर्यो काले बाट उत्साहित नायिका पुजा शर्मा ।

कार्तिक,५,२०७६ ।चलचित्र प्रेम गीत, म यस्तो गीत गाउछु,राम कहाँनी जस्ता सफल चलचित्र हरु नेपाली चलचित्र प्रेमी दर्शक माझ दिइसकेकी नेपाली चलचित्रकी चर्चित नायिका पुजा शर्मा अभिनित चलचित्र पोइ परयो काले यही आउदो शुक्रबार कार्तिक ८ गते बाट प्रदशन मा आउदै छ ।यस अघी का यि तिनै चलचित्र निर्देशक सुदर्शन थापा सँग गरेकी नायिका पुजाले पहिलो पटक बाहिरी ब्यानर को चलचित्रमा अभिनय गरेकी हुन ।यसको साथसाथै नायिका पुजाले पहिलो पटक अभिनेता सौगात मल्ल सँग स्क्रीन सेयर गरेकी छिन ।चलचित्र प्रेम गीतमा अभिनय गरे पछी पछाडि फर्किएर हेर्नु नपरेकी नायिका लाई अहिले नेपाली चलचित्रको बजारमा सबैभन्दा डिमान्डेड नायिकामा लिइने गरिन्छ। वर्षमा एक वा दुईभन्दा बढी चलचित्रमा अभिनय नगर्ने नायिका पुजा अभिनित पछिल्लो प्रदशनमा आएको चलचित्र ‘रामकहानी’ पछि कार्तिक ८ गते बाट प्रदशन मा आउन लागेको चलचित्र‘पोइ पर्यो काले’बाट नेपाली चलचित्रको ठुलो पर्दामा आउदै छिन ।जुन चलचित्र लाई लिएर उनि यती बेला निकै उत्साहित रहेकी पनि बताइएको छ ।जुन चलचित्रमा नायिका पुजाले छुच्ची स्वभावकी एक युवतीको भूमिका निभाएकी पनि बताइएको छ । लभस्टोरी चलचित्रमा अभिनय गर्दै आएकी पुजाले पहिलो पटक कमेडी जनराको चलचित्रमा अभिनय गरेकी छिन ।साथै पुजाका अनुसार  उक्त चलचित्रको पहिलो हाफसम्म उन लाई नेगेटिभ क्यारेक्टर मा नै देख्न पाइने र लभस्टोरी चलचित्रमा अभिनय गर्दै आएकिले दर्शकले मन नपराउने हो की भन्ने डर पनि मन मा रहेको बताएकी छिन । चलचित्र पोइ पर्यो कालेको कथावस्तु मन परेर अभिनय गर्न को लागी राजी भएको बताएकी नायिका पुजाले उक्त चलचित्रले ‘समाजमा घटिरहेको घटनालाई चलचित्रको पर्दा मा उतारेको बताएकी छिन  । चलचित्र‘पोइ पर्यो काले’ लाई निर्देशक शिशिर राणाले निर्देशन गरेका छन भने चलचित्रमा पूजासँगै आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि  श्रेष्ठ, राजाराम पौडेलको प्रमुख भूमिका रहेको छ ।किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा राजिव गुरुङ र सरोज नेपाली निर्माता को रुप मा रहेका छन भने अमलादेवी राई चलचित्रको कार्यकारी निर्माता को रुप मा रहेकी छिन ।