21st October 2019

चलचित्र पोइ पर्यो काले सेन्सर पास ।

कार्तिक,४,२०७६ ।निर्देशक शिशिर राणाको निर्देशनमा निर्मित र अभिनेता सौगात मल्ल,आकाश श्रेष्ठ,अभिनेत्री पुजा शर्मा र सृष्टी श्रेष्ठ अभिनित चलचित्र पोइ पर्यो काले सेन्सर पास भएको छ ।आउदो शुक्रबार कार्तिक ८ गते बाट नेपाली चलचित्रको बजारमा प्रदशनमा आउन लागेको उक्त चलचित्रले आइतबार चलचित्र सेन्सर बोर्ड बाट ‘युनिभर्सल सर्टिफिकेट’पाएको हो ।चलचित्रले युनिभर्सल सर्टिफिकेट’पाए सँगै अब उक्त चलचित्र सबै दर्शकले हेर्न पाउने भएका छन् ।साथै चलचित्र पोइ पर्योर काले लाई सेन्सर बोर्डका सदस्य हरुले पनि मन परेको बताएको पनि बताइएको छ ।शिशिर राणाको लेखन र निर्देशन रहेको चलचित्रले कालो वर्णको एक पुरुषको जीवनमा आउने उचार-चढावमा र मानिसको बाहिरी रुप हेरेर त्यो राम्रो–नराम्रो भनिने गलत सोचलाई मुख्य बिषयबस्तु बनाइएको छ ।चलचित्रमा पूजा शर्मा र आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ ।रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म तिहारको छेको पारेर आगामी शुक्रबार अर्थात कात्तिक ८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँन लागेको हो । किरण नेपाली प्रस्तुतकर्ता, दिपक मनाङ्गे र सरोज नेपाली निर्माता रहेको फिल्ममा अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राईको कोरियोग्राफी रहेको छ ।