20th October 2019

चलचित्र बादशाह जुटको रोमाण्टिक गीत सार्वजनिक ।

कार्तिक,३,२०७६। चलचित्र बादशाह जुटको रोमाण्टिक गीत सार्वजनिक गरिएको छ ।यस अघी निर्माण टिमले सार्वजनिक गरेको चलचित्रमा समाबेश गीत काफल पाक्यो र चलचित्रको ट्रेलरले नेपाली दर्शक स्रोताहरुको मन जिती रहेको अवस्थामा चलचित्रको दोस्रो गीत ‘सुसाइड गर्छु कि क्या हो मायामा’सार्वजनिक गरेको हो ।कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बादशाह जुट’को उक्त रोमान्टिक गीतमा चलचित्रका प्रमुख कलाकारहरु सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइसा रावत माथी छाँयाकन गरिएको छ ।गीतको भिडियोमा सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइसा रावतको प्रेम देखाइएको छ ।गीतमा कोशिस क्षेत्रीको संगीत विक्रम स्वाँरको नृत्य,रुपक डोटेल र संगीतकार क्षेत्रीको स्वर रहेको छ। आफूलाई बादशाह सम्झने दुई युवकको कथा वाचन गरेको चलचित्र लाई निर्देशक जोनी सिंह राणा निर्देशन गरेका छन ।चलचित्रमा नायक सुशील लाई पत्रकार र आमिर लाई पुलिस अफिसरको भूमिकामा देख्न पाइने छ ।चलचित्रमा रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणी नेपाललगायतका कलाकारको पनि अभिनय छ ।साथै नायिका प्रियंका कार्की लाई अथिती भूमिकामा देखिन पाइने छ ।राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज,कोशिस क्षेत्री र मोहित मुनालको संगीत  रहेको चलचित्रमा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की) को लगानी रहेको छ ।निर्देशक जोनी सिंहको कथा,अभिषेक शशि कुमारको पटकथा रहेको चलचित्र बादशाह जुट  एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको छ ।