18th October 2019

चलचित्र प्रेम संसार को दोस्रो गीत सार्वजनिक ।

कार्तिक्,१,२०७६ ।चलचित्र प्रेम संसार को दोस्रो गीत सार्वजनिक गरिएको छ । प्रेमकथामा निर्माण भएको चलचित्र‘प्रेम संसार’को दोश्रो गीत ‘सुन सुन चम्पा’ लाई निर्माण टिमले चलचित्रको प्रचार प्रसार को क्रममा सार्वजनिक गरेको हो ।निर्माण टिमले सार्वजनिक गरेको उक्त गीत को भिडियोमा कविता नेपाली, प्रेम सोनी र मोनिका दाहालको अभिनय हेर्न पाइने छ । गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको स्वर रहेको ‘सुन सुन चम्पा’ बोल रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको  छ ।चलचित्रमा प्रेम सोनी, कविता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यमबहादुर विक, विजय सुनार, टंक मरासैनी, किशोर पाण्डे लगायतका कलाकार हरुको अभिनय रहेको छ । राम गौतमको निर्देशन रहेको चलचित्र प्रेम संसार सोनी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको छ ।प्रेम बहादुर सुनार(गहतराज) को कथा लेखन,निर्माण र प्रस्तुती रहेको उक्त चलचित्रमा उतम केसी र देविन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन ।चलचित्रमा बीबी अनुरागीको पनि संगीत रहेको छ ।