17th October 2019

चलचित्र बादशाह जुटको नयाँ ट्रेलर सार्वजनिक ।

असोज,३०,२०७६ ।चलचित्र बादशाह जुटको नयाँ ट्रेलर सार्वजनिक गरिएको छ ।यस अघी निर्माण टिमले सार्वजनिक गरेको ट्रेलरमा मुस्लिम समुदाय हरुले आपती जनाए पछी निर्माण पक्षले मुस्लिम समुदाय सँग क्षमायाचना गर्दै नयाँ ट्रेलर सार्वजनिक गरेको हो ।चलचित्रको प्रचार प्रसारको क्रममा निर्माण टिमले केही हप्ता अगाडि सार्वजनिक गरेको ट्रेलरमा जातिय रुपमा आँच आउने, समाजमा विभेद हुने, जातिय हिंसा हुने, नेपाली समाजमा मिलेर बसेका सबै जातजातीलाई दोषारोपण हुने खालको भएको भन्दै नेपाल मुस्लिम संघले निर्माण कम्पनी एच एण्ड वि फिल्मस्लाई पत्रचार गरेको थियो । नेपाल मुस्लिम संघको सोही पत्रको जवाफमा निर्देशक जोनी सिंह राणा र निर्माता भोजराज श्रेष्ठ हस्ताक्षरित एक विज्ञप्ती निकाल्दै चलचित्रको ट्रेलरमा समाबेश केहि दृष्यका कारण मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा हामी समस्त निर्माण पक्ष क्षमाप्रार्थी छौं भन्दै  विज्ञप्ती निकालेको थियो ।कार्तिक १५ गते बाट प्रदशन मा आउन लागेको चलचित्र ‘बादशाह जुट’मा सुशिल श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डेलगायतका कलाकारहरुको अभिनय रहेको छ ।साथै चलचित्र बादशाह जुटले  केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको छ ।अब ‘बादशाह जुट’ हेर्नका लागि १६ वर्ष मुनिका दर्शकले अभिभावक लिएर हल जानुपर्नेछ । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) को निर्माण रहेको चलचित्रमा नायिका प्रियंका कार्की लाई अतिथी भूमिका मा देख्न पाइने छ ।चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।