02nd May 2019

निर्देशक सुदर्शन थापाको चिट मिल रेष्टुरेन्ट सञ्चालनमा ।

बैशाख,१९,२०७६ ।लभ स्टोरी चलचित्रको निर्माण र निर्देशनमा एउटा छुट्टै पहिचान बनाउन सफल निर्देशक सुदर्शन थापाले रेष्टुरेन्ट व्यवसाय पनि सुरु गरेका छन् ।चलचित्र सम्हालिन्छ कहिले मन को निर्माणमा ब्यस्त रहेका निर्देशक सुदर्शनले राजधनीको दरबारमार्गमा रहेको याक एण्ड यती होटल मार्गमा चिट मिल नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन ।नायिका पूजा शर्माको जन्मदिन मनाएर  औपचारिक उद्घाटन गरिएको उक्त चिट मिल रेष्टुरेन्ट सञ्चालनमा ल्याउन निर्देशक सुदर्शनले लगानीमा राज कटुवाल र अविशेष शाह सँग सहकार्य गरेका छन् ।साथै उक्त रेस्टुरेण्टको उदघाटन कार्यक्रम र नायिका पुजाको वर्थ डे सेलिव्रेसन कार्यक्रममा चलचित्र‘सम्हालिन्छ कहिले मन’को बारे पनि जानकारी दिएका छन । निर्देशक सुदर्शनले छायाँकनको अन्तिम चरणमा रहेको यो चलचित्र साउन या भदौ बाट प्रदशनमा आउने बताएका छन ।लण्डनपछि बाँकी छायाँकन नेपालमा हुँदै गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नव नायक सोनाम तोप्देनको मुख्य भूमिका रहेको छ ।