16th October 2019

चलचित्र ए मेरो हजुर ३ अब ओमान प्रिमियर हुँदै ।

असोज,२९,२०७६ ।नेपाली चलचित्रको बजारमा गत बर्षको चैत २९ मा,प्रदशनमा आइ नेपाली चलचित्रको घरेलु बजारको साथ साथै । बिदेशमा पनि राम्रो ब्यापार गर्न सफल नायिका तथा निर्देशक झरना थापा निर्देशित चलचित्र ए मेरो हजुर ३ अब ओमान प्रिमियर हुने भएको छ ।नेपाली चलचित्रका स्टार नायक अनमोल केसी र डेब्यु नायिका निर्देशक झरनाकी छोरी सुहाना थापा अभिनित चलचित्र ए मेरो हजुर ३ लाई ओमानमा अक्टुबर १८ मा प्रिमियर गरि न लागेको पनि चलचित्रका निर्देशक निर्देशक झरना थापाले समाचार स्रोत लाई जानकारी दिएकी छिन् ।विश्वका विभिन्न देशमा प्रदर्शन गरिसकेको उक्त चलचित्र लाई ओमानको लुनार सिनेमा, एल क्यूरममा प्रिमियर गरीना लागेको हो। साथै चलचित्र ए मेरो हजुर ३ को ओमान प्रिमियरमा सहभागी हुनको लागी अमेरिका मा रहेकी नायिका सुहाना थापा ओमान पुग्ने तयारीमा रहेको र नेपाल बाट निर्देशक झरना थापा र झरनाका पती तथा चलचित्रका  निर्माता सुनिल कुमार थापा नेपालबाट ओमान पुग्ने पनि बताइएको छ ।