15th October 2019

चलचित्र‘बादशाह जुट’को टिमले मुस्लिम समुदायसँग मागे क्षमायाचना ।

असोज, २८,२०७६ ।चलचित्र बादशा जुटको निर्माण टिमले माफी मागेका छन ।कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र‘बादशाह जुट’को टिमले मुस्लिम समुदायसँग क्षमायाचना गरेको हो ।चलचित्रको प्रचार प्रसार को क्रममा निर्माण टिमले केही हप्ता अगाडि सार्वजनिक गरेको ट्रेलरमा जातिय रुपमा आँच आउने, समाजमा विभेद हुने, जातिय हिंसा हुने, नेपाली समाजमा मिलेर बसेका सबै जातजातीलाई दोषारोपण हुने खालको भएको भन्दै नेपाल मुस्लिम संघले असोज २५ गते निर्माण कम्पनी एच एण्ड वि फिल्मस्लाई पत्रचार गरेको थियो । साथै सँघले निर्माण टिम सँग ट्रेलरमा रहेको विवादित दृश्य हटाउन पनि माग गरेको थियो ।नेपाल मुस्लिम संघको सोही पत्रको जवाफमा निर्माण कम्पनी एच एण्ड वि फिल्मस्ले ट्रेलरमा राखिएको केही दृश्य तथा ध्वनीले मुस्लिम समुदायमाथि अपमान भएको भनि उठेको टिप्पणीलाई गम्भीर रुपमा लिएको एक विज्ञप्तीमार्फत् जनाएको छ । निर्देशक जोनी सिंह राणा र निर्माता भोजराज श्रेष्ठ हस्ताक्षरित विज्ञप्तीमा ट्रेलरमा समावेश दृश्यले मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा क्षमायाचना गरिएको छ ।चलचित्र बादशाह जुटको निर्माण टिमले जारी गरेको विज्ञप्तीमा ‘ट्रेलरको ३ सेकेण्डदेखि बजेको अजानको आवाज र त्यसलगत्तै ८ सेकेण्डमा देखाइएको हात हतियारसँगै १३ सेकेण्डमा राखिएको आइ ।एस ।एसको आवाजले मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा हामी समस्त निर्माण पक्ष क्षमाप्रार्थी छौं’भनिएको छ,साथै निर्माण टिम को विज्ञप्तीमा ‘यस फिल्मको कथा वा दृश्यले नेपाल भित्र वा बाहिर रहेका कुनै पनि समुदाय, धर्म तथा संस्कृतिलाई कुनै किसिमको अपमान गर्न न्खोजेको पनि बताइएको छ ।त्यसै गरी समाचार स्रोतका अनुसार यसै सन्दर्भमा राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँग भेट गरि गम्भीर छलफल गरिएको पनि विज्ञप्तीमा भनिएको छ । अध्यक्ष अन्सारीसँगको छलफलपश्चात् आवश्यक कुराहरु सच्याउने निर्णयमा निर्माण टिम पुगेको पनि बताइएको छ । चलचित्र ‘बादशाह जुट’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको छ ।अब ‘बादशाह जुट’ हेर्नका लागि १६ वर्ष मुनिका दर्शकले अभिभावक लिएर हल जानुपर्नेछ । चलचित्रमा सुशील श्रेष्ठ आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डेलगायतका कलाकारहरुको अभिनय रहेको छ । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) को निर्माण रहेको चलचित्रमा नायिका प्रियंका कार्की लाई अतिथी भूमिका मा देख्न पाइने छ ।चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।