14th October 2019

नायिका रेखा थापाको निर्माण ,निर्देशनको साथ साथै अभिनय रहेको चलचित्र मालिका यु ट्युब को ट्रेण्डिङ मा ।

असोज,२७,२०७६ ।नायिका रेखा थापाको निर्माण र निर्देशनको साथ साथै अभिनय रहेको चलचित्र मालिका लाई बुढा सुब्बा म्युजिकको यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।गत वर्षको तिहारमा प्रदशनमा आइ नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्न सफल उक्त चलचित्र लाई बुढा सुब्बा म्युजिकको  यु ट्युब च्यानल बाट गत साता बिहिवार असोज २३ गते सार्वजनिक गरिएको हो ।नायिका रेखा थापा र १४ बर्शिय बालिका कमला वलीको मुख्य अभिनय रहेको चलचित्र ‘मालिका’लाई दर्शकले युट्युबमा निकै रुचाईएको पाइएको छ ।चलचित्र मालिका लाई यु टुब बाट सार्वजनिक गरिएको छोटो समय मै यो समाचार तयार पार्दा सम्म १५ लाख भन्दा बढी पटक हेरी सकिएको छ भने यु ट्युब को ट्रेण्डिङ को ५ औं स्थान मा आउन पनि सफल भएको छ ।साथै यु ट्युब मा चलचित्र मालिका हेर्ने अधिकांश दर्शक हरुले चलचित्र मालिका निकै राम्रो रहेको भन्दै सकारात्मक प्रतिक्रिया पनि दिइ रहेका छन् ।यस को साथ साथै चलचित्र मालिका बाल विवाह विरुद्ध निर्माण भएको र सन्देश मुलक रहेको भन्ने प्रतिक्रिया पनि चलचित्र हेर्ने अधिकांश दर्शक हरु बाट प्रतिक्रिया आइरहेको छ ।नायिका थापा निर्देशित उक्त चलचित्रमा सरस्वती थापाको लगानी रहेको छ । जाजरकोटकी बाल कलाकार कमला वलीको डेब्यु चलचित्र रहेको चलचित्र मालिकामा नरबहादुर कार्कीको कथा रहेको छ। साथै कार्की चलचित्र मालिकाको कार्यकारी निर्माता समेत रहेका छन ।