13th October 2019

चलचित्र बादशाह जुटको निर्माण टिम चलचित्रको प्रचार प्रसारमा ब्यस्त ।

असोज,२६,२०७६ ।यती बेला नेपाली चलचित्रको बजारमा कार्तिक १५ गते बाट प्रदशनमा आउन लागेको चलचित्र बादशाह जुटको निर्माण टिम चलचित्रको प्रचार प्रसार लाई लिएर ब्यस्त रहेका छन ।नायक शुशिल श्रेष्ठ र नायिका द्रय केइशा रावत र रश्मी पाण्डेको मुख्य भूमिका रहेको उक्त चलचित्र निर्माण भएको लामो समय पछी प्रदशनमा आउन लागेको हो ।साथै चलचित्रको प्रचार प्रसारको क्रममा चलचित्रमा समाबेश गीत संगीत र चलचित्रको ट्रेलर सार्वजनिक गरिसकेको निर्माण पक्षले मोफसल टुर पनि गरेको छ ।केहि दिन अघि  सम्पन्न भएको मोफशल टुरमा चलचित्रका निर्देशक जोनी सिंह राणा, नायक सुशील श्रेष्ठ,नायिका द्वय केइशा रावत, रश्मी पाण्डे र चलचित्रका निर्माता हर्क बहादुर कुँवर सहभागी भएका थिए ।  हेटौडा हुँदै चितवन पुगेको उक्त टिमले चलचित्र सम्वन्धि जानकारी दिएको थियो ।सोही क्रममाचितवन पुगेका निर्देशका जोनी सिंहले चलचित्र बादशाह जुट आफ्नो पहिलो खुड्किलो भएकोले आफुले शतप्रतिशत लागि परेर काम गरेको बताएका छन ।साथै उनले चलचित्र बादशाह जुट मा देशमा केहि गर्न खोज्ने प्रहरी र पत्रकार युवाको कथा प्रस्तुत गरिएको बताएका छन । उनले चलचित्र बादशाह जुट मा कहिँ-कतै आतंकवादी आक्रमणको कथा लागे पनि त्यो मूल कथामा नपर्ने पनि बताएका छन ।त्यसै चलचित्रका नायक सुशिल श्रेष्ठले पनि चलचित्रमा आफ्नो च्यालेञ्जिङ भूमिका रहेको र आफ्नो अघिल्ला सिनेमा भन्दा फरक र बलियो भूमिका भएकाले चलचित्र 'बादशाह जुट'को लागि आफुले कडा मेहनत गरेको बताएका छन ।चलचित्रमा नायक सुशील लाई एक पत्रकारको भूमिकामा देख्न पाइने छ । त्यसै गरी मुम्बईमा बस्दै आएकी डेब्यु नायिका केइशाले पनि चलचित्र 'बादशाह जुट'को स्क्रिप्टले नेपालसम्म तान्न सफल भएको बताएकी छिन ।भने प्रहरीको भूमिकामा देखिएकी अर्की नायिका रश्मीले आफ्नो भूमिका दमदार भएको बताएकी चिन ।एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)को लगानी रहेको छ ।चलचित्रमा रोविन तामाङ, रोशी खड्का, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकार हरुको पनि अभिनय रहेको छ । भने, नायिका प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न पाइने छ । अभिषेक शशी कुमारको लेखन रहेको चलचित्रमा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत रहेको छ ।