03rd October 2019

चलचित्र आमाको फष्टलुक पोष्टर सार्वजनिक ।

असोज,१६,२०७६ ।चलचित्र आमाको फष्टलुक पोष्टर सार्वजनिक भएको छ ।निर्देशक दिपेन्द्र के,खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘आमा’को सार्वजनिक तीन पोस्टरमा नायिका सुरक्षा पन्त लाई प्रस्तुत गरिएको छ । चलचित्र ‘आमा’को निर्माण टिमले सार्वजनिक गरेको तीन पोस्टरमा नायिका सुरक्षा पन्त लाई मुण्डन र अर्ध मुण्डन रुपमा देख्न सकिन्छ ।त्यसै गरी अर्को एक पोष्टरमा मिथिला शर्मा पनि प्रस्तुत गरिएको छ ।चलचित्र आमाका निर्देशक खनालले आमाको पहिलो झलक लाई बिम्वात्मक रुपमा तयार गरेका छन् ।निर्मात्री सर्मिला पाण्डेले निर्माण गरेको उक्त चलचित्रको प्रदशनी मिति फागुन ९ गते, महाशिवरात्रीको अवसर पारेर तय गरिएको छ ।चलचित्रमा दिपेन्द्र के, खनालको लेखन तथा छायाँकन रहेको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्र ‘आमा’ आमा र छोरीको कथामा निर्माण भएको छ ।चलचित्रमा मिथिला र सुरक्षाको अलवा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायत कलाकार हरुको मुख्य भूमिका रहेको छ ।