02nd October 2019

नायिका पुजा शर्मा सृष्टी श्रेष्ठ र नायक सौगात मल्ल र आकाश श्रेष्ठ अभिनित चलचित्र पोइ पर्यो कालेको ट्रेलर सार्वजनिक ।

असोज,१५,२०७६ । नायिका पुजा शर्मा सृष्टी श्रेष्ठ र नायक सौगात मल्ल र आकाश श्रेष्ठ अभिनित चलचित्र पोइ पर्यो कालेको ट्रेलर सार्वजनिक गरेको छ ।निर्माण टिमले चलचित्रको प्रचार प्रसार लाई थप बलियो बनाउनको लागी चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।निर्देशक शिशिर राणा निर्देशित र कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत चलचित्र ‘पोइ पर्योन काले’को निर्माण टिमले सार्वजनिक गरेको ट्रेलर मा कमेडी लाई स्थान दिइएको छ ।यस अघी चलचित्र को शिर्ष गीत पोइ पर्यो काले र चलचित्रको पोस्टर लाई सार्वजनिक गरिसकेको निर्माण टिमले सार्वजनिक गरेको ट्रेलरमा ।नायिका पुजा शर्मा, सृष्टी श्रेष्ठ नायक आकाश श्रेष्ठ,सौगात मल्ल,राजाराम पौडेल लगाएत लाई प्रस्तुत गरिएको छ ।यस अघी निर्माण टिमले प्रचार प्रसारको क्रममा सार्वजनिक गरेको गीतको  भिडियोमा सौगातको जोडी पूजा र आकाशको जोडी श्रृष्टिसँग बाँधिएको देख्न पाइने छ भने पोस्टरमा सौगात, पूजा, आकाश र श्रृष्टि सबैलाई दुलहा-दुलहीको भेषमा देख्न सकिन्छ भने अर्को पोस्टरमा सौगातले श्रृष्टि र आकाशले पूजाको हात समातेको देख्न पाइने छ ।स्टारकास्टका कारण लामो समयदेखि चर्चामा रहेको उक्त चलचित्रमा पहिलो पटक नायिका पूजा शर्मा र अभिनेता सौगात मल्लले स्क्रिन साझेदारी गरेका छन ।शिशिर राणाको लेखन र निर्देशन रहेको चलचित्रको निर्माण टिमले यसअघि सार्वजनिक गरेको ।चलचित्रको शिर्ष गीतले नेपाली गीत संगीत प्रेमी दर्शक स्रोता हरुको मन जिती रहेको अवस्थामा निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गर्न लागेको हो ।कालो वर्णको एक पुरुषको जीवनमा आउने उचार-चढावमा केन्द्रित रहेर निर्माण गरिएको उक्त चलचित्रको मूल कथा अभिनेता सौगात मल्लको वरिपरि घुमेको पनि बताइएको छ ।नेपाली हरुको दोस्रो महान चाड तिहारमा प्रदर्शनमा आउन लागेको यस चलचित्रको प्रस्तुतकर्ता किरण नेपालीर निर्मातामा राजिव गुरुङ र सरोज नेपाली र कार्यकारी निर्मातामा अमलादेवी राई रहेका छन ।