02nd October 2019

चलचित्र घामड शेरेको पहिलो गीत ‘साली मन पर्‍यो’ सार्वजनिक ।

असोज,१५,२०७६ ।चलचित्र घामड शेरेको पहिलो गीत लाई चलचित्रको निर्माण टिमले चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरेको छ ।लभस्टोरी कथामा नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन छुने चलचित्र निर्माण र निर्देशन गर्न सफल मानिएका निर्देशक हेमराज विसी निर्देशित चलचित्र‘घामड शेरे’ को पहिलो गीत सार्वजनिक भएको हो ।निर्माण टिमले सार्वजनिक गरेको डान्सिङ विटको ‘साली मनपर्‍यो’ बोलको रोमान्टिक गीतमा ‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्का माथी छाँयाकन गरिएको छ ।‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको उक्त चलचित्रमा यि दुइ जोडी लाई श्रीमान्-श्रीमतीको भूमिकामा देख्न पाइने बताइएको छ । दशैंको शुभकामना स्वरुप सार्वजनिक गरिएको डान्सिङ विटको ‘साली मनपर्‍यो’ गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको छ । गायनमा संगीतकार कालीप्रसाद बाँस्कोटा लाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् ।कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँन लागेको उक्त चलचित्रमा पहिलो पटक निश्चल र स्वस्तिमाले जोडी भएर काम गरेका छन ।यस अघी चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु’ सगै देखिएका थिए ।साथै कमेडी विषयवस्तुमा निर्माण भएको यस चलचित्रमा अभिनेत्री गौरी मल्लको पनि अतिथी भूमिका रहेको बताइएको छ ।चलचित्रमा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायाकन्,सुरेन्द्र पौडेलको सम्पादन,कालीप्रसाद बाँस्कोटाको संगीत,निर्देशक विसी को कथा तथा पटकथा रहेको छ ।