01st October 2019

नेपाली कथानक चलचित्र छडकेको सिक्वेल बन्ने ।

असोज,१४,२०७६ ।नेपाली कथानक चलचित्र छडकेको सिक्वेल बन्ने भएको छ ।करीब ६ वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र छडकेको सिक्वेलको घटस्थापनाको शुभ अवसरमा चलचित्रको निर्माण टिमले ‘छड्के २’ घोषणा गरेको हो ।चलचित्र छडके २ लाई पनि चलचित्र छडके कै निर्देशक निगम श्रेष्ठले निर्देशन गर्न लागेको बताइएको छ।समाचार स्रोतका अनुसार नेगेटिभ बुद्ध र रस ताण्डवको सयुक्त निर्माणमा बन्न लागेको उक्त चलचित्रको छायाकन  तिहारपछि सुरु हुने पनि बताइएको छ ।साथै उक्त चलचित्र फ्लोरमा जानु अगावै चलचित्रको निर्माण टिमले चलचित्र छडके २ को प्रदर्शन मिति समेत घोषणा गरेको छ ।निर्माण टिमले स्रोत लाई बताए अनुसार उक्त चलचित्र अर्को वर्षको दशैंमा प्रदर्शनमा आउने चलचित्रका निर्देशक श्रेष्ठले बताएको पनि बताइएको छ ।निर्माण घोषणा गरिएको चलचित्र छडके २ ले पनि २०७७ को दशैं लाई आफ्नो प्रदशनी मिती रोजे पछी अब २०७७ को दशैंमा चलचित्र छडके सहित कलाकार निर्माता तथा निर्देशक अशोक शर्माको चलचित्र ‘अल्लारे २’, अभिनेता भुवन के सीको निर्माण र नायक अनमोल के,सी अभिनित चलचित्र ‘एन्टी हिरो’, नायिका तथा निर्देशक झरना थापाको चलचित्र ‘ए मेरो हजुर ४’, निर्देशक रेनेशा बान्तवा राइको चलचित्र ‘आई एम ट्वान्टिवान’ पनि प्रदर्शनमा आउने तयारीमा रहेको छ । साथै चलचित्रको छडकेको सिक्वेलमा चलचित्र छडकेका पुराना कलाकार हुने वा नहुने भन्ने विषयमा केही दिनमा टुंगो लाग्ने पनि चलचित्रका निर्देशक श्रेष्ठले समाचार स्रोत लाई बताएका छन । ग्याङस्टारको कथामा निर्माण भएको चलचित्र ‘छड्के’ले त्यस समय दर्शकको साथ पाउन नसके पनि समीक्षकले भने उक्त चलचित्र लाई निकै रुचाइएको पाइएको थियो ।