30th September 2019

अभिनेता सुशिल श्रेष्ठ अभिनित चलचित्र बादशाह जुटको ट्रेलर सार्वजनिक ।

असोज,१३,२०७६ ।अभिनेता सुशिल श्रेष्ठ अभिनित चलचित्र बादशाह जुटको ट्रेलर सार्वजनिक गरिएको छ ।यस अघी चलचित्रमा समाबेश गीत काफल पक्यो र चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गरिसकेको निर्माण टिमले चलचित्रको प्रदशनी मिती नजिकिदै गर्द चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।चलचित्र निर्माण भएको लामो समय पछी प्रदशनमा आउन लागेको उक्त चलचित्रको प्रदशनी मिती एक पछी अर्को गर्दै सर्दै गएको थियो ।अब उक्त चलचित्र कार्तिक १५ गते बाट प्रदशनमा आउने भएको बताइएको छ ।राजधानी मा एक कार्यक्रम को आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको निर्माण टिमले उक्त चलचित्र को प्रदशनी मिती कार्तिक १५ गते लाई  घोषणा गरेको हो ।सुशिल श्रेष्ठ,रोविन तामाङ,आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि तामाङ, दीपक क्षेत्री, कमलमणि नेपाल लगाएत कलाकार हरुको अभिनय रहेको उक्त चलचित्रको सार्वजनिक ट्रेलरमा कमेडी र एक्सन को मिश्रण लाई समेटिएको  छ ।चलचित्रमा नायिका प्रियंका कार्की लाई पनि अतिथि भूमिकामा देख्न पाइने छ ।जोनी सिंह राणाको कथा र निर्देशन रहेको चलचित्र बादशाह जुटमा अभिषेक शशि कुमारको लेखन रहेको छ । चलचित्रमा कृष्ण भारद्वाज र कोशिस क्षेत्रीको संगीत,विक्रम स्वाँरको नृत्य,राजकुमार उप्रेतीको द्रन्द,राजु कार्कीको छायाँकन, दिर्घ खड्काको सम्पादन रहेको छ । एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको सहकार्य बनेको चलचित्र बादशाह जुटको  निर्मातामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) रहेका छन् ।