29th September 2019

चलचित्र सरौतोको दोस्रो गीत केहि आधा बोल रहेको गीत सार्वजनिक ।

असोज्,१२,२०७६ ।छाँयाकार हरी हुमागाइको डेब्यु निर्देशनमा निर्मित चलचित्र सरौतोको दोस्रो गीत सार्वजनिक गरिएको छ ।यस अघी निर्माण टिमले सार्वजनिक गरेको पहिलो गीत कुले दाइले, नेपाली गीत संगीत प्रेमी दर्शक स्रोताहरुको मन जित्दै चर्चा बटुल्न सफल भैरहेको समयमा, चलचित्र सरौतोको दोस्रो गीत केहि आधा बोल रहेको गीत सार्वजनिक गरिएको हो ।आउँदो कात्तिक २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको पहिलो गीत ‘कुले दाइ’ ले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शनिबार राजधानीमा एक कार्यक्रमका बीच रोमान्टिक भावको ‘केही आधा’ बोलको गीत सार्वजनिक गरेको हो । गायक पुष्पन प्रधानको शब्द,संगीत र स्वर रहेको उक्त गीतको भिडियोमा चलचित्रका प्रमुख पात्र नायिका  सुमी मोक्तान र नायक सन्नी सिंह माथी छायाकन गरिएको छ ।कोरियोग्राफी र छायांकन निर्देशक हरि स्वयंको रहेको यस गीतलाई चलचित्रमा कथावाचनको रुपमा प्रयोग गरिएको छ । बन्दीपुर, पोखरा, धम्पुस, मुस्ताङ, लुम्बिनी, सौराहा र जनकपुरमा छायांकन गरिएको चलचित्रमा लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको पनि अभिनय रहेको छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्र सरौतोमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको द्रन्द निर्देशन रहेको छ ।रिभेन्जको कथा निर्माण भएको यस चलचित्रमा राजन राज शिवाकोटी, पुष्पन प्रधान र कमल खत्रीको संगीत रहेको छ ।