30th April 2019

नायिका केकी र दिपकको जोडी चलचित्र छ माया छपक्कै मा ।

बैशाख,१७,२०७६ ।चलचित्र घाम पानी र गोपीका निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र छ माया छपक्कै को निर्माण घोषणा गरिएको छ ।दीपकराज गिरी र दिपाश्री निरौलाको निर्माण मा बन्न लागेको चलचित्रको हिजो सोमबार राजाधानीको सोल्टी होटलस्थित प्रिभे नेपालमा एक कार्यक्रमको आयोजना गर्दै औपचारिक घोषणा गरिएको हो ।औपचारिक घोषणा कार्यक्रममा चलचित्रका सम्पूर्ण कलाकार तथा प्राविधिकको हरुको पनि परिचय गराइएको थियो ।दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपालको मुख्य भुमिका रहने चलचित्रको निर्माण घोषणा कार्यक्रममा चलचित्रका कलाकारहरु आ आफ्नो भुमिकामा प्रस्तुत भएका थिए । नायिका केकी र दिपकलाई पहिलो पटक जोडीको रुपमा देखिन पाइने उक्त चलचित्रमा करिब ४० वर्ष उमेर अन्तरालमा विवाह गरेको जोडीको कथा रहेको उक्त कार्यक्रम मा बताइएको छ । रोहित अधिकारीको लगानीमा बन्न लागेको चलचित्र मा  दीपकको टिम ले ५० प्रतिशत नाफा लिने सहमतिमा उक्त चलचित्रमा साइन गरेका छन ।साथै उक्त कार्यक्रम मा दिपकराजले चलचित्र घाटामा गयो भने आफु हरुले पारिश्रमिक नलिने बताएका छन् । दीपकले जब सम्म निर्माता रोहित अधिकारीको लगानी सुरक्षित हुँदैन, तब सम्म आफु हरु कसैले पनि एक रुपैया पनि पारिश्रमिक नलिने बताएका छन् । ।