26th September 2019

चलचित्र छ माया छ्पक्कै को पोस्टर सार्वजनिक ।

असोज,९,२०७६ ।चलचित्र घामपानी र गोपिका निर्देशक दीपेन्द्र लामाको निर्देशन मा निर्मित चलचित्र छ माया छ्पक्कै को पोस्टर सार्वजनिक गरिएको छ ।चलचित्रको प्रचार प्रसारको क्रममा निर्माण टिमले उक्त चलचित्रको भिन्न भिन्न ६ पोस्टर एक साथ सार्वजनिक गरेको छ ।असोज २४ गतेबाट प्रदर्शनमा आउँना लागेको चलचित्र छ माया छपक्कै मा दिपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायतका कलाकार हरुको अभिनय रहेको छ ।निर्माता रोहित अधिकारीले कलाकार निर्माता दिपकराज गिरी  र कलाकार निर्माता तथा निर्देशक दिपाश्री निरौला सँग मिलेर निर्माण गरेको उक्त चलचित्रको यस अघी निर्माण टिम चलचित्रमा समाबेश गीत जुन को जुनली सार्वजनिक गरिसकेको छ ।जुन गीत संगीतले यती बेला नेपाली दर्शक स्रोताहरुको मन जिती रहेको छ । दीपकराज गिरीको पटकथा लेखन रहेको चलचित्रमा दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद रहेको छ ।