25th September 2019

चलचित्र ‘रातो टिका निधारमा’ टिमको दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई रातो टिका ,जमरा र उपहार ।

असोज,८,२०७६ ।चलचित्र ‘रातो टिका निधारमा’को निर्माण टिमले सामाजिक कार्य गर्दै सकारात्मक सन्देश प्रवाह गरेको छ ।कलाकार निर्माता तथा निर्देशक अशोक शर्माको निर्माणमा निर्मित आउदो शुक्रबारबाट असोज १० गते बाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत चलचित्र ‘रातो टिका निधारमा’को निर्माण टिमले हिजो मंगलबार गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनमा आश्रित दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई रातो टिका र जमरा लगाएर उपहार स्वरुप नयाँ कपडा पनि प्रदान गरेर दशै मनाएको छ ।चलचित्रका नायक अंकित शर्मा, नयिका साम्राज्ञी राज्य लक्ष्मी शाह, कलाकार रविन्द्र झा र निर्देशक अशोक शर्माको साथमा उक्त फाउन्डेसनमा आश्रित दृष्टिविहिन र अनाथ बालबालिकाहरुले दशैं मनाउन पाउँदा खुसीको भाव प्रकट गरेका छन ।प्रायः जसो चलचित्रको निर्माता निर्देशक तथा कलाकार हरु  प्चलचित्रको प्रदशनी मिती नजिकिदै गर्दा प्रचार-प्रसारलाई विशेष प्राथमिकता दिने गरेको मा चलचित्र रातो टिका निधारमाको टिमले भने त्रिनेत्र फाउन्डेसनमा आश्रित अशक्त बालबालिका हरु लाई सहयोग गरेर सकारात्मक सन्देश प्रवाह गरेको हो ।वेमेन्स रूम्स रिलोटेडको सहकार्यमा ‘रातो टिका निधारमा’ टिमले त्रिनेत्र फाउन्डेसनलाई सहयोग गरेको उक्त सामाजिक कार्यमा सहभागी भएकी नायिका साम्राज्ञी भावुक देखिएकी थिइन्।त्यसै गरी नायिका साम्राज्ञी पहिलो पटक आफ्नै हातले अशक्त बालबालिकाको निमित्त सहयोग गर्न पाउँदा निकै खुसी लागेको र भविष्यमा पनि तन-मन लगाएर सामाज सेवा गर्ने योजनामा रहेको बताएकी छिन । त्यस्तै, चलचित्र नायक अंकितले पनि सामाजिक कार्यमा सहभागी हुन पाउँदा बेग्लै आनन्द महशुस भएको बताएकी छन । त्यसै गरी कलाकार रविन्द्र झाले पनि सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताएका छन ।