24th September 2019

चलचित्र काले दाइको गीत ‘यो दुनियाँ मेरो लागि होइन’ सार्वजनिक ।

असोज्,७,२०७६ ।आउँदो असोज १७ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आउँन लागेको निर्देशक शिव शर्मा निर्देशित चलचित्र काले दाइको गीत सार्वजनिक भएको छ ।चलचित्र काले दाइको निर्माण टिमले चलचित्रको प्रचार प्रसारको क्रममा हिजो सोमबार असोज ६ गते चलचित्रमा समाबेश गीत ‘यो दुनियाँ मेरो लागि होइन’सार्वजनिक गरेको हो ।निर्माण टिमले सार्वजनिक गरेको उक्त श्याड भर्सनको गीतमा चलचित्र भित्र रहेका दुःखद दृश्य लाई देखाइएको छ ।प्रेममा जातपात घुसेपछि उत्पन्न हुने द्वन्दको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्रको सार्वजनिक गीतमा, ईन्द्र रामजाली र गोविन्द श्रेष्ठको शब्द ,‘नेपाल आइडल’ पहिलो सिजनका प्रतिस्पर्धी सुरज थापाको स्वर, पेवाङ लामाको संगीत रहेको छ ।चलचित्रमा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठलगायतको अभिनय छ ।शम्शेर गुरुङ र ईन्द्र रामजालीको सयुक्त निर्माण र नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र काले दाइमा   इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायाँकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको नृत्य र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।