23rd September 2019

नायिका साम्राज्ञी लाई भेटन राजधानी आए उनका फ्यानहरु ।

असोज्,६,२०७६ । यही असोज १० गतेबाट प्रदर्शनमा आउँन लागेको चलचित्र रातो टिका निधारमा की नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्ना प्रशक हरु सँग प्रत्यक्ष भेटेर खुशी साटेकी छिन्। पहिलो पटक गाउँले युवतीको भूमिकामा प्रस्तुत हुन लागेकी नायिका साम्राज्ञीले गत शनिबार विभिन्न शहरबाट आएका आफ्ना तीस ‘डाइहार्ट फ्यान’ सँग भेट गरेकी हुन । चलचित्र रातो टिका निधारमाको प्रचार प्रसार को क्रममा ‘रुटिन अफ नेपाल बन्द’ ले फेसबुकमा नायिका‘साम्राज्ञीलाई भेट्न चाहने को ?’ भन्ने एउटा कन्टेस्ट गरेको थियो, जुन कन्टेस्टमा १० हजार भन्दा बढिले उनलाई भेट्ने इच्छा देखाएका थिए ।१० हजार भन्दा बढी मध्ये बाट छानिएका तीस जनाले शनिबार राजधानीको कमलपोखरीमा रहेको डिसिएनको कार्यालयमा नायिका साम्राज्ञीसँग भेट गरेका हुन । प्रदशनको तयारीमा रहेको चलचित्र लाई लिएर निकै उत्साहित रहेकी नायिका साम्राज्ञी ले आफ्नो फ्यान हरुलाई यसरी प्रत्यक्षा भेटेर कुराकानी गर्न पाउदा साम्राज्ञी खुशी देखिएकी थिइन ।साथै  आफ्नो ‘फेभरेट एक्ट्रेस’ सँग पहिलो पटक प्रत्यक्ष भेट गर्न पाउँदा नायिका साम्राज्ञी लाई भेट्न आउने प्रशक हहरु पनि निकै खुसी देखिन्थे । साथै उक्त कार्यक्रममा नायिका साम्रागीले आफूलाई भेट्नकै खातिर विभिन्न शहरबाट आएका फ्यानहरुसँग भेट्दा खुसी लागेको र आफूलाई दर्शकसँग प्रत्यक्ष भेट्न मन लाग्ने भएता पनि विभिन्न कारणले सम्भव नहुने बताउनु का साथै फ्यानहरुको यस प्रकारको मायाले अफु लाई राम्रो चलचित्रमा अभिनयाँ गर्न आफूलाई सधैं हौसला मिल्ने बताएकी छिन ।साथै उक्त कार्यक्रममा नायिका साम्राज्ञीले ‘रातो टीका निधारमा’ का अभिनेता अंकित शर्मालाई आफ्ना ‘डाइहार्ट फ्यान’ माझ चिनाउनुका साथै आफूलाई जस्तै अंकितलाई पनि माया र सपोर्ट गर्न फ्यानलाई आग्रह पनि गरेकी छिन ।  कार्यक्रममा नायिका साम्राज्ञी र नायक अंकितले आफ्नो हस्ताक्षर रहेको चलचित्र रातो टिका निधारमा को टिसर्ट र पोस्टर मायाको चिनो स्वरुप फ्यानलाई प्रदान गरेका थिए ।