22nd September 2019

चलचित्र छ माया छपक्कै को ट्रेलर सार्वजनिक ।

असोज,५,२०७६ । गत शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र छ माया छपक्कैको निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ ।निर्माता रोहित अधिकारीले कलाकार निर्माता दिपक र दिपाको टिम सँगको सहकार्यमा निर्माण गरेको चलचित्र‘छ माया छपक्कै’को सार्वजनिक ट्रेलरमा राजनीतिक द्वन्द्व र उमेरको अन्तरमा हुने प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ ।साथै बिहीबार उद्घाटन भएको बानेश्वरमा अवस्थित ‘वान सिनेमाज’ हलमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले सार्वजनिक गरेको चलचित्रको ट्रेलरमा चलचित्र ‘वडा नम्बर ६’ को फ्लेवर मिसिएको छ । साथै ट्रेलरमा कलाकार दीपकराज गिरी राजनीतिज्ञको भूमिकामा प्रस्तुत भएका छन भने उनको प्रेम आफूभन्दा आधा उमेर कम युवती केकी अधिकारीसँग रहेको देखाइएको छ ।साथै ट्रेलर मार्फत राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावलाई पनि देखाउन खोजिएको छ । कमेडी बेशमा तयार भएको ट्रेलर मा हाष्य कलाकार केदार घिमिरेको हाउभाउ र संवाद लाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । निर्देशक दिपेन्द्र लामाको निर्देशनमा निर्मिर्त उक्त चलचित्रमा दिपक राज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशर वान्देल, अनुराग कुवार, विष्णु सापकोटा, सविज बास्कोटा, शारदा गिरी, बुद्धि तामाङ, भिम श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ । रोहित अधिकारीको लगानी रहेको चलचित्रमा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता,सुमन गिरी भान्जा, ताराप्रसाद बजगाईं, दिपेन्द्र खनिया, केशव न्यौपाने, सुरज बम ठकुरी, रविन डाँगी सह निर्माताको रुपमा रहेका छन् ।असोज २४ गते बाट प्रर्दशनमा आउन लगेको चलचित्र छ माया छपक्कै मा निर्देशक लामाको कथा,दिपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, अभिमन्यु निरावी पटकथा,हरि हुमागाईंको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ ।