20th September 2019

यस बर्षको प्रतिक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा ।

असोज्,३,२०७६ ।आज शुक्रबार असोज ३ गते संबिधान दिवसको अवसर पारेर यस बर्षको प्रतिक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ देशव्यापी प्रदर्शनमा आएको छ । चलचित्र‘कबड्डी’ र कबड्डी कबड्डी को सफलता पछी निर्देशक रामबाबु गुरुङको निर्देशमा निर्मित चलचित्र कबड्डीले देशभरका मल्टीप्लेक्स र सिंगल दुबै स्क्रिनमा आफ्नो बलियो उपस्थिति जनाएको छ । मल्टीप्लेक्समा यसअघि कुनै पनि नेपाली चलचित्र हरुले नपाएको सोज यो चलचित्रले पाएको छ।चलचित्रको प्रचार प्रसारको क्रममा निर्माण टिमले सार्वजनिक गरेको ट्रेलर र गीत संगीतले राम्रो हाइप निर्माण गरेका कारण त्यसको प्रभाव बक्सअफिसमा पर्ने अनुमान पनि गरिएको छ । साथै चलचित्र कबड्डी ३ प्रति दर्शकमा देखिएको चासो र मल्टीप्लेक्सले बाँडेको सोज हेर्दा उक्त चलकित्रले बम्पर ओपनिङ गर्ने संकेत गरेको छ ।साथै शुक्रबार र शनिबार सार्वजनिक विदा भएकाले पनि उक्त चलचित्रले राम्रो ब्यापार गर्ने पनि बताइएको छ ।चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय रहेको छ ।साथै चलचित्रको निर्माण टिमले हिजो बिहीवार साँझ राजधनीको जय नेपाल हल मा चलचित्रको प्रिमियर पनि गरेको छ । छ ।सार्वजनिक प्रदशनको अघिल्लो दिन निर्माण पक्षले आयोजना गरेको प्रिमियर शो मा चलचित्रका कलाकार निर्माता निर्देशक को साथ साथै अन्य चलचित्र कर्मी र पत्रकार हरुको बाक्लो उपस्थित रहेको थियो ।जय नेपाल हलमा चलचित्र हेर्न आउने चलचित्रकर्मी हरुले चलचित्र कबड्डी ३ को खुलेर प्रशंसा गरेका छन ।