19th September 2019

चलचित्र लप्पन छप्पन २ को पोष्टर सार्वजनिक ।

असोज्,२,२०७६ ।चलचित्र लप्पन छप्पन २ को पोष्टर सार्वजनिक भएको छ ।चलचित्रको निर्माण टिमले सार्वजनिक गरेको उक्त पोष्टरमा अभिनेता द्रय सौगात मल्ल र अर्पण थापा लाई भिन्न अवतारमा प्रस्तुत गरिएको छ ।यस वर्षको महाशिवरात्रीमा प्रदर्शनमा आउन लागेको चलचित्रको उक्त पोस्टरमा अभिनेता अर्पणको हेयर स्टाइलले नेपाली दर्शक हरुको ध्यान खिच्न सक्ने अनुमान लगाउन सकिन्छ ।अघिल्लो चलचित्र लप्पन छप्पनमा पनि प्रमुख भूमिकामा देखिएका सौगात र अर्पण चलचित्र‘लप्पन छप्पन २’ मा भने नेगेटिभ रोलमा रहेको स्रोतले बताएको छ । साथै चलचित्रको प्रचार प्रसार गर्दै निर्माण टिमले सार्वजनिक गरेको उक्त पोस्टरमा देखिएका अभिनेता अर्पण र सौगातको फरक लुक्सले दर्शकमा चलचित्र लप्पन छप्पन २ प्रति उत्सुकता र कौतुहलता जागृत गर्न सफल हुने देखिन्छ । समाचार स्रोतका अनुसार निर्देशक मुकुन्द भट्टको निर्देशनमा निर्माण भएको यस चलचित्रको बाँकी छायांकन केहि दिन मै अष्ट्रेलियामा गरीन लागेको पनि बताइएको छ ।सौगात र अर्पणसँगै दयाहाङ राई, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय रहेको उक्त चलचित्रमा अभिनेता शिव श्रेष्ठ लाई अभिनेता सौगातको पिताको भूमिकामा देख्न पाइने छ । पुरुषोत्तम प्रधानको छायाँकन  रहेको  चलचित्र लार्ई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गरेका छन ।