18th September 2019

चलचित्रको गोर्खेको गाउँ भरी हल्ला बोल रहेको गीत सार्वजनिक ।

असोज,१,२०७६ ।चलचित्रको गोर्खेको दोस्रो गीत सार्वजनिक भएको छ ।यस अघी चलचित्रमा समाबेश पहिलो गीत सिन्की अचार लाई सार्वजनिक गरेको निर्माण टिमले चलचित्रको प्रचार प्रसारको क्रममा गाउँ भरी हल्ला बोल रहेको गीत लाई सार्वजनिक गरेको हो ।निर्माता तिर्थ कोजु, हरी लामा र हरी थापाको निर्माणमा निर्माण भएको चलचित्र गोर्खे लाई निर्देशक सन्तोष ढकालले निर्देशन गरेका छन ।चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरिएको उक्त गीतमा हरी लम्सालको शब्द संगीत र गायक भुसन खतिवडाको स्वर रहेको छ ।नृत्य निर्देशक शिव बिक को नृत्य निर्देशनमा बनेको उक्त गीतको भिडियोमा कलाकार अर्जुन गुरुङ र एञ्जल श्रेष्ठ लगाएतका कलाकार हरु माथी छायाकन गरिएको छ ।भिडियो लाई मित्र देव गुरुङले सम्पादन गरेका छन ।चलचित्र गोर्खेमा रबिन्द्र प्रताप सेन, अन्जली अधिकारि, अर्जुन गुरुङ, अश्मी लामा, अस्मिता श्रेष्ठ(रानी), एञ्जल श्रेष्ठ, सरोज तामाङ, साजन थापा मगर, बालदीप राइ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।