17th September 2019

निर्देशक हेमराज विसी निर्देशित चलचित्र‘घामड शेरे’को पोस्टर सार्वजनिक  ।

भदौ,३१,२०७६ ।अभिनेता निश्चल बस्नेत लाई प्रमुख भूमिकामा देख्न पाइने निर्देशक हेमराज विसी निर्देशित चलचित्र‘घामड शेरे’को पोस्टर सार्वजनिक  भएको छ । रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको उक्त चलचित्रको निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अभिनेता निश्चल लाई मात्र देखाइएको छ।चलचित्र‘दुई रुपैयाँ’ मा समावेश सुपरहिट गीत ‘कुटुमा कुटु’ मा सगै देखिएका अभिनेता निश्चल र अभिनेत्री स्वस्तिमा लाई नेपाली चलचित्रका दर्शखरुले पहिलो पटक एक साथ चलचित्रमा देख्न पाइने भएको छ। साथै समाचार स्रोतका अनुसार चलचित्र ‘घामड शेरे’ मा अभिनेता निश्चल र अभिनेत्री स्वस्तिमा लाई श्रीमान्-श्रीमतीको भूमिकामा देख्न पाइने पनि बताइएको छ।अधिकांश छायांकन सुर्खेतमा गरिएको उक्त चलचित्र  रोमान्टिक–कमेडी जनरामा निर्माण भएको पनि बताइएको छ ।चलचित्र ‘घामड शेरे’मा निश्चल र स्वस्तिमाको साथमा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ ।नरेन्द्र मैनालीको छाँयाकन रहेको उक्त चलचित्र निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा निर्माण भएको हो ।निर्माण टिमले सार्वजनिक गरेको उक्त पोस्टरमा चलचित्रको प्रदशनी मिती आउँदो कार्तिक ८ गते लाई तय गरिएको छ ।