29th April 2019

चलचित्र ए मेरो हजुर ३ का नायक अनमोल र नायिका सुहानाको जोडी ‘भागवत गीता’मा दोहोरिने संकेत ।

बैशाख,१६,२०७६ ।चलचित्र ‘ए मेरो हजुर २ र प्रदशनरत चलचित्र ए मेरो हजुरको सफलता पछी नायिका तथा निर्देशक झरना थापा अब चलचित्र ए मेरो हजुर ३ का नायक अनमोल के,सी र नायिका सुहाना थापा लाई लिएर चलचित्र ‘भागवत गीता’ को निर्माणमा जुटेकी बताइएको छ ।चलचित्र ए मेरो हजुर ३ को यो जोडीले नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्दै उनि हरु अभिनित चलचित्र ए मेरो हजुर ३ को गीत संगीत ट्रेलरको साथ साथै चलचित्रले पनि नयाँ नयाँ रेकर्ड बनाउन सफल भैरहेको छ ।निर्देशक झरना थापा स्वंयले अनमोल र सुहानाको जोडी दोहोरिने संकेत दिदै आइतबार अनमोल र सुहानासँगको तस्बिर आफ्नो फ्यान पेजमा सेयर गर्दै ‘मेरा ‘भागवत गीता’ सँग’ झरनाले फोटोमा क्याप्सन लेखेर अनमोल सुहानाको फ्यानका लागि खुसीको खबर दिएकी हुन् । यस अघी नायिका तथा निर्देशक झरना थापाले प्रदर्शनरत चलचित्र  ए मेरो हजुर ३ को निर्माण अगावै‘भागवत गीता’को निर्माण गर्न लागेको समाचारले चर्चा पाएको थियो । तर समाचार स्रोतका अनुसार नायक अनमोल र नायिका सुहाना नै ‘भागवत गीता’का मुख्य कलाकार हुन् भन्ने निक्र्योल चाहिं भै नसकेको पनि बताइएको छ । यद्पी नायिका तथा निर्देशक झरनाले चलचित्र ‘भागवत गीता’मा अनमोल र सुहानाको जोडी दोहोरिने सम्भावना भने रहेको बताएकी पनि बताइएको छ ।