16th September 2019

धुर्मुस सुन्तलीको फाउण्डेसन लाई कबड्डी ३ को आर्थिक सहयोग ।

भदौ,३०,२०७६ । असोज ३ गते बाट प्रदशनमा आउन लागेको निर्देशक राम बाबु गुरुङको निर्देशनमा निर्मित चलचित्र कबड्डी कबड्डी कबड्डीको टिमले। ‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले भरतपुरको चितवनमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ लाई  तीन लाख आर्थिक सहयोग गरेको छ । आइतबार कलाकार तथा समाज सेवी सिताराम कट्टेल धुर्मुस लाई चलचित्र कबड्डी ३ का अभिनेता दयाहाङ राई र विल्सन विक्रम राईले चेक हस्तान्तरण गरेका हुन । कलाकार तथा समाज सेवी सिताराम कट्टेल धुर्मुस लाई चेक हस्तान्तरण गरे पछि अभिनेता दयाहाङ राईले, क्रिकेट रंगशाला निर्माणका लागि सानो भए पनि चलचित्र कबड्डी ३ को तर्फबाट सहयोग गर्न पाउँदा आफु हरुलाई खुसी महशुस भएको बताएका छन ।साथै अभिनेता दयाहाङले देशको गौरवको आयोजना भएका कारण सबै नेपालीलाई आ-आफ्नो क्षमता र अवस्थाअनुसार उक्त कार्यमा सहयोग गर्न पनि आग्रह गरेका छन ।त्यसै गरी विल्सन बिक्रम राइले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्नु सबै नेपाली हरुको दायित्व रहेको बताएका छन ।‘त्यस्तै धुर्मुस सुन्तली फाउन्डेसन’ का अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले पनि क्रिकेट रंगशाला निर्माणमा फिल्मकर्मीबाट मिलेको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन । मौलिक विषयवस्तुमा सफल चलचित्र बनाउन सिपालु मानिने निर्देशक रामबाबु गुरुङ निर्देशित उक्त चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रको निर्माण टिमले चलचित्रको प्रचार प्रसार को साथ साथै सामाजिक कार्यमा पनि सक्रियता देखाएए रहेको छ ।साथै यती बेला चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को निर्माण टिमले चलचित्रको प्रचार प्रसार को क्रम मा सार्वजनिक गरेको  गीतसंगीत र ट्रेलरले नेपाली दर्शक स्रोता हरुको मन जितिरहेको छ भने उक्त चलचित्र नेपाली चलचित्र प्रेमी दर्शक्माझ प्रतिक्षित पनि बनिरहेको छ । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको चलचित्र कबड्डी ३ मा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।   चलचित्रमा शैलेन्द्र डि,कार्कीको छायाकन, रेनशा वान्तवा राईको कोरियोग्राफी,निमेश श्रेष्ठको सम्पादन रहेको छ ।बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो  भने मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार निर्माताको रुपमा रहेका छन ।