15th September 2019

चलचित्र कायरा बुढा सुबाको यु ट्युब च्यानल सार्वजनिक । 

भदौ,२९,२०७६ ।चकलेटी नायक आर्यन सिग्देल र नेपाली चलचित्रकी अहिलेकी ब्यस्त र चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित । चलचित्र कायरा लाई बुढा सुबाको यु ट्युब च्यानल बाट गत सार्वजनिक गरिएको छ ।गत बर्ष नेपाली चलचित्रको घरेलु बजारमा प्रदशनमा आइ नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्दै त्यस समय सफल ब्यापार ब्यवसाय गरेको चलचित्र लाई ।गत शुक्रबार साझ बुढा सुब्बाको यु ट्युब च्यानल बाट सार्वजनिक गरेको हो ।फिलिपिन्सको रमणिय स्थानहरुमा छायाकन गरिएको उक्त चलचित्र लाई सार्वजनिक गरिएको करिब ४८ घण्टामा २० लाख पटक हेरी सकिएको छ भने यु ट्युब को ट्रेण्डिङ को ११ औ स्थानमा रहेको छ ।आर्यन सिग्देल इण्टर्टेण्टमेण्ट र आर आर प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा आर्यन सिग्देल साम्राज्ञी राज्य लक्ष्मी शाह,शिशिर राना,हितेश शर्मा,सुरेश न्यौपाने,मरिशा श्रेष्ठ लगाएत कलाकार हरुको अभिनय रहेको छ ।लक्ष्मण रिजालको निर्देशनमा निर्मित चलचित्रमा कोसिश छेत्री,अर्जुन पोखरेल र कल्यान सिंहको संगीत,प्रबिन सिंहको नृत्य,बनिश शाह्र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।