13th September 2019

चलचित्र ''प्रेम संसार''को सुनैना सुनैना सार्वजनिक ।

भाद्र,२७,२०७६ । निर्देशक राम गौतमको निर्देशनमा निर्माण भएको चलचित्र प्रेम संसार को पहिलो गीत सार्वजनिक भएको छ ।चलचित्रको निर्माण टिमले हिजो राजधानिमा एक कार्यक्रमको आयोजन गर्दै उक्त गीत लाई सार्वजनिक गरेको हो ।साथै निर्माण टिमले चलचित्रको प्रदशनी मिती मंसिर १३ गतेलाई तय गरेको छ ।चलचित्रको प्रचार प्रसारको क्रममा निर्माण टिमले सार्वजनिक गरेको पहिलो रोमान्टिक गीत ‘सुनैना सुनैना’बोल रहेको गीतमा गायक पायल राई र गायिका अन्जु पन्तको स्वर सुन्न सकिन्छ । भिडियोमा अभिनेता प्रेम सोनी र अभिनेत्री आयुष्मा कार्कीको प्रेमभाव लाई प्रस्तुत गरिएको छ ।संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो लाई निर्देशक राम गौतम स्वयंले निर्देशन गरेका छन हुन् ।पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण गरिएको चलचित्र प्रेम संसारमा प्रेम र आयुष्माको साथमा कविता नेपाली, मोनिका दाहाल, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि ।क लगायतका कलाकारहरुको अभिनय रहेको छ । सोनी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको उक्त चलचित्रको कथा लेखान प्रेम बहादुर सुनार (गहतराज) को रहेको छ ।  दिपेन्द्र बस्न्यातको छायाकन रहेको चलचित्रमा कमल सुनार र सीता सुनार निर्माता र उतम केसी र देविन गहतराज कार्यकारी निर्माताको रुप मा रहेका छन । शंखर महर्जनको द्रन्द निर्देशन रहेको चलचित्रका निर्मात प्रेम बहादुर सुनार (गहतराज)रहेका छन ।