13th September 2019

बलिवूडकी नायिका सन्नी लाई हेर्न कुमारी हलमा मानिसको भिड ।

भाद्र,२७,२०७६ । नेपाली चलचित्रको घरेलु बजारमा आज भाद्र २७ गते बाट प्रदशनमा आएको नेपाली कथानक चलचित्र पासवर्डको प्रियमियरको लागी पूर्व पोर्नस्टार तथा बलिवूड्की हट नायिका सन्नी लियोनी नेपाल आएकी छिन ।नायिका सन्नी लियोनी चलचित्र पासवर्डको  प्रिमियरका लागी हिजो बिहीवार  दिउँसो साढे ४ बजे काठमाडौं आएकी हुन ।साथै दिउँसो साढे ४ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएकी नायिका सन्नी साँझ कुमारी हलमा आयोजना गरिएको प्रिमियर शो मा सहभागी भएकी थिइन । चलचित्र पासवर्डको प्रिमियर र प्रचार प्रसारका लागी नेपाल आएकी सन्नी लाई विमानस्थालमा स्वागत गर्नका लागी चलचित्रका निर्देशक सम्राट बस्नेत,चलचित्रका निर्माता तथा कलाकारहरु एयारपोर्टमा पुगेका थिए ।नायिका सन्नी लाई निर्माण टिमले खादा र राष्ट्रिय झण्डा अंकित भादगाउँले टोपी लगाएर न्यानो स्वागत गरेको थियो ।नायिका सन्नी लियोनी  विमानस्थलबाट सिधै बौद्धमा रहेको पाँचतारे होटल हायत गएकी थिइन ।साँझ साढे ७ बजे उनी प्रिमियरमा सहभागी हुनको लागी कुमारी हल पुगेकी थिइन ।नायिका सन्नीले चलचित्र पासवर्डको एक आइटम गीत मा नृत्य गरेकी छिन ।जुन चलचित्र यती बेला नेपाली चलचित्रको बजारमा चर्चामा रहेको छ ।नेपाल सबैभन्दा मनपर्ने देश बताउने नायिका सन्निले पहिलो पटक नेपाली चलचित्रको गीतमा नृत्य र अभिनय गरेकी हुन् । उनी यस चलचित्र लाई लिएर निकै उत्साहित रहेकी बताएकी छिन् ।साथै निर्माण तिमले चलचित्रको उक्त गीत लाई यूट्युबमा सार्वजनिक गरे पछी उनले ट्वीटरमार्फत् नेपालीचलचित्रको हिस्सा बन्न पाएकोमा आफु लाई गर्व महशुस भएको बताएकी थिइन् ।तेस्रो पटक नेपाल यात्रा गरेकी सन्नी यसअघि नेपालको रमणीय स्थान घुम्न र आफू ब्रान्ड एम्बसेडर रहेको कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्न नेपाल आएकी थिइन् ।नेपाल आउँदा श्रीमान् डेनियल वेबरसँगै नेपाल आउने गरेकी सन्ने यसपटक पनि  श्रीमानको साथमा आएकी छिन ।अमित बस्नेत र हिराल जोशीको लगानी निर्माण भएको उक्त चलचित्रको सह निर्मातामा  अजित के,आर थापा रहेका छन् । अमरजीत सिंहको छायांकन,सौरभ लामाको सम्पादन,निर्देशक बस्नेत र महेश दवाडीको पटकथा,सिमा गुरुङको कथा रहेको चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरा लगायत कलाकारको अभिनय रहेको छ ।