12th September 2019

चलचित्र रातो टिका निधारमाको अफिसियल पोष्टर सार्वजनिक ।

भदौ,२६,२०७६ ।कलाकार निर्माता तथा निर्देशक अशोक शर्माको निर्माण र निर्देशनमा निर्मित चलचित्र रातो टिका निधारमाको अफिसियल पोष्टर सार्वजनिक गरिएको छ ।निर्माण टिमले सार्वजनिक गरेको उक्त पोष्टरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक अंकित शर्मालाई बिशेष स्थान दिइएको छ ।दशैंको अवसर पारेर असोज १० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको पोष्टरमा कलाकारहरुले निधारमा रातो टिका जमरा लगाएका छन ।पोष्टरमा साम्राज्ञी र अंकित सँगै रविन्द्र झा,नीता ढुंगाना,खुस्बु खड्का,बुद्दि तामाङ,बसुन्धरा भुषाल,शिवहरि पौडेल,जयनन्द लामा,लक्ष्मी गिरी,अरुणा कार्की,राजराम पौडेल,कमला रेग्मी लगायतका कलाकारहरु रहेका छन । चलचित्रको प्रदशनी मिती नजिकिए सँगै प्रचार प्रसारमा जुटेको निर्माण टिमले यस अघी चलचित्रमा समाबेश गीत मेरो माया सार्वजनिक गरी सकेको छ भने आउदो शुक्रबार चलचित्रको शिर्ष गीत रातो टिका निधारमा लाई सार्वजनिक गर्ने तयारी निर्माण टिमले गरिरहेको पनि बताइएको छ ।निर्देशक अशोक शर्माले नै निर्माण गरेको चलचित्र अल्लारेमा समाबेश गीत रातो टिका निधारमाको गीतको भिडियोमा महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर लाई प्रस्तुत गरिएको थियो भने रिमेक भर्सन गीतमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह,अंकित शर्मा लगाएतका कलाकारहरु माथी छायाकन गरिएको छ ।संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको गीतको भिडियो लाई नृत्य निर्देशक बसन्त श्रेष्ठले निर्देशन गरेका छन ।साथै सहदेव ढुंगानाको शब्द रहेको पुरानो गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर सुन्न पाइन्छ भने रिमेक भर्सन गीतमा प्रमोद खरेल र मेलिना राई स्वर सुन्न पाइने छ ।