11th September 2019

चलचित्र चपली हाइट ३ मा नायिका स्वस्तिमा खड्काको प्रमुख भूमिका ।

भदौ,२५,२०७६ ।नेपाली कथानक चलचित्र युग देखी युग सम्म,चपली हाइट,फिटकिरी,चपली हाइट २,फाटेको जुत्ता जस्ता सफल चलचित्रहरुको निर्माण गरिसकेका निर्माता अर्जुन कुमारको निर्माणमा चलचित्र चपली हाइट ३ को निर्माण हुने भएको छ ।निर्देशक दीपेन्द्र के,खनालको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट’ को तेस्रो सिरिज लाई निर्देशक निकेश खडकाले निर्देशन गर्दैछन । चलचित्र चपली हाइट र चपली हाइट २ को सफलता पछी निर्माता अर्जुन कुमारले निर्माण गर्न लागेको उक्त चलचित्रको हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण घोषणा गरिएको हो ।अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त निर्माणमा बन्न लागेको यस चलचित्रमा नेपाली चलचित्रकी अहिलेकी ब्यस्त नायिका स्वस्तिमा खड्काको प्रमुख भूमिका रहनेछ ।साथै चलचित्र चपली हाइट ३ मा नव-नायक महेश त्रिपाठी र चलचित्र ‘रणवीर’की नायिका सुपुष्पा भट्टको साथमा अर्का नव-नायक प्रतिक श्रेष्ठको पनि उक्त चलचित्रमा अभिनय रहने छ ।निर्माण टिमले आयोजना गरेको चलचित्रको निर्माण घोषणा कार्यक्रममा नायिका स्वस्तिमाले चलचित्रको कथा बस्तु राम्रो लागेको ले चलचित्र चपली हाइट ३ मा आफु आबर्ध भएकी बताएकी छिन ।साथै चपली हाइट ३ लाई चैतमा प्रदर्शनमा ल्याउने बताएका निर्माता अर्जुन कुमारले यस चलचित्रको साथ साथै अन्य तीन नयाँ चलचित्रको निर्माण गर्ने पनि घोषणा गरेका छन्।निर्माता अर्जुनले बताए अनुसार  चपली हाइट ३ पछी दुई वर्ष अगाडि नै निर्माण घोषणा गरिएको चलचित्र ‘फाटेको जुत्ता’ को दोस्रो पार्ट ,त्यसपछि ‘बर्मजंगको भिडियो’ र चलचित्र‘खै’ रहेको छ ।