10th September 2019

चलचित्र काले दाइको ट्रेलर सार्वजनिक ।

भदौ,२४,२०७६ ।चलचित्र काले दाइको ट्रेलर सार्वजनिक भएको छ ।चलचित्र‘पर्व’ मा समावेश चर्चित गीत ‘काले दाई’को नाम बाट निर्माण गरिएको चलचित्र काले को दाइको निर्माण टिमलेचलचित्रको प्रचार प्रसारको क्रममा उक्त ट्रेलर सर्वजनिक गरेको हो ।असोज १७ गते बाट दर्शनमा आउन लागेको उक्त चलचित्रको सार्वजनिक गरिएको ट्रेलर बाट उक्त चलचित्र प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथामा आधारित रहेर निर्माण गरिएको छ ।चलचित्र‘काले दाई’ मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । शिव शर्माको निर्देशनमा निर्माण भएको उक्त चलचित्रको मूलकथा एक कालो वर्णको युवकको जीवनमा आउने उचार-चढावमा केन्द्रित रहेको छ ।निर्माता सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी रहेको उक्त चलचित्र नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको  छ । चलचित्रमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको नृत्य र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।