09th September 2019

चलचित्र सेल्फी किङ्को निर्माण हुने ।

भदौ,२३,२०७६ ।नेपाली चलचित्रको बजारमा चलचित्र सेल्फी किङ्को निर्माण हुने भएको छ ।निर्देशक विशाल सापकोटाको निर्देशनमा बन्न लागेको चलचित्र ‘सेल्फी किंग’को ।हिजो आइतबार भाद्र २२ गते काठमाडौंमा एक औपचारिक कार्यक्रम गर्दै चलचित्रको निर्माण टिमले उक्त चलचित्रको अफिसियल निर्माण घोषणा गरिएको हो । विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी लाई प्रमुख भूमिका प्रस्तुत गर्न लागिएको उक्त चलचित्रले ।सांस्कृतिक कार्यक्रमको शिलशिलामा  सहभागी हुन काठमाण्डु देखी सोलुखुम्बु सम्मको यात्राको क्रममा पाएको सफलता र व्यक्तिगत जिवन बिच सन्तुलन ल्याउन सघर्ष गर्ने पात्रको कथा बाचन गर्ने बताइएको छ ।चलचित्र सेल्फी किङमा विपिन र लक्ष्मीसँगै भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बास्टोला, राजेश विशुराई, प्रेम प्रसाद खतिवडा, राम शरण दुलाल, युवराज विश्वकर्मा, कन्चन संग्रौला, विक्रम श्रेष्ठ, अन्जु शर्मा, धुव्र थापा लगायत कलाकारको अभिनय रहेको छ । साथै नायिका केकी अधिकारी लाई पनि उक्त चलचित्रमा अतिथि भुमिकामा देख्न पाइने छ ।सुवाष थापा र दिनेश राउतको निर्माणमा तयार हुन लागेको चलचित्र सेल्फी किङ्को निर्माण टिम यसै साता बाट फ्लोरमा जाने तयारीमा रहेको पनि बाटऐएको छ ।चलचित्रमा सुशन प्रजापतिको छायांकन,जीवन थापाको सम्पादन,सुभाष भुषालको संगीत र निर्मल लामाको नृत्य निर्देशन रहने छ ।